
खलंगा, २६ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी जाजरकोटले कोरोना रोकथाममा लाग्न विद्यार्थी नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जाजरकोटका संयोजक कृष्णराज सिंहले हाम्रो पहुँच डटकम संगको कुराकानीमा संगठनका नेता तथा कार्यकर्तालाई कोरोना रोकथाममा लाग्न निर्देशन दिएको बताएका हुन् । अहिले जिल्लामा कोभिड १९ को नयाँ भेरियन्ट फैलिएको र यसबाट आम जनतामा निकै समस्या परेकोले कोरोना रोकथाममा लाग्न निर्देशन दिएको संयोजक सिंहको भनाई छ ।
निर्देशनमा यस्तो भनिएको छ, जाजरकोट जिल्लामा कोभिड १९ को नयाँ भेरियन्ट सहितको संक्रमण दर तिव्र गतिमा बढिरहेकाृे छ । हाल सम्म संक्रमित व्यक्तिहरुको सुंख्या ३ सय भन्दा बढि पुगेको छ । जिल्ला बाहिर बस्दै आएका २ जनाको मृत्यु समेत भईसकेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (म्ऋऋःऋ) ले जेष्ठ १ सम्म निषेधाज्ञा जारी गरेको छ ।
यस विषम परिस्थितिलाई ख्याल गर्दै हाम्रो विद्यार्थी संगठनका सम्पुर्ण जिम्मेवार कामरेडहरु कोभिड १९ रोकथाम गर्न स्वंयमसेवीको भुमिकामा लाग्न अनुरोध गर्दछु । स्थानीय सरकार संग समन्वय गरी संक्रमित व्यक्तिहरुको मनोवल उठाउने,स्वास्थ्यमा असहज परिस्थिति आएमा अस्पताल सम्म पु¥याउन पहल गर्ने, सर्वसाधरणमा चेतनामुलक जानकारी गराउने, अनावश्यक हिड्डुल गर्न रोक्ने र
स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्न गराउन जिम्मेवार विद्यार्थी नेता तथा कार्यकर्ता र जनसमुदायमा हार्दिक अपिल गर्दछु विज्ञप्तीमा भनिएको छ । कोरोनाको वेला अनावश्यक काम बाहेक भिडभाड नगर्न समेत संयोजक सिहंले अपिल समेत गरेका छन् ।
















































। २६ बैशाख २०७८, आईतवार