स्वास्थ्य सुरक्षा सामग्री, सात वटै पालिका र सुरक्षा निकायमा


खलंगा, २४ वैशाख । जिल्लाका सात वटै स्थानीय तह, सुरक्षा निकायका व्यारेकमा सरसफाई तथा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ । जिल्ला स्थित खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिद्धारा उक्त सामाग्रीहरु जिल्लाका सबै पालिका र सुरक्षा निकायका व्यारेकमा हस्तान्तरण गरिएको हो ।

खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्य मोती वलीले बिहिबार कुशे गाउँपालिकाको प्रशासनिक केन्द्र भार्मामा पुगेर अध्यक्ष हरिचन्द्र बस्नेतलाई सरसफाईका लागि स्टेन सहितको हेण्ड वास सेट, २० प्याकेट मास्क, ७० वटा सेनिसाईटजर, ३ प्याकेट ग्लोप्स र ६० वटा हाईजेनिक किट स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेका थिए ।

नयाँ भेरिएन्ट सहित चलेको कोभिड–१९ को दोस्रो लहरले जिल्लामा विकराल रुप लिईरहेको वेला सरसफाई तथा स्वास्थ्य सुरक्षा सामाग्री आपूर्ती गर्न निकै जटिल भएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले भनाई राखेका थिए । असहज परिस्थितिमा सरसफाई तथा स्वास्थ्य सुरक्षा सामाग्री गाउँपालिकाको लागि आपूर्ती गरेकोमा जिल्ला स्थित खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिलाई अध्यक्ष बस्नेतले धन्यवाद दिएका थिए । जिल्ला स्थित खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिले पालिकालाई हस्तान्तरण गरेको हाईजेनिक किटलाई पालिकाको स्वास्थ्य शाखा मार्फत कोरोना संक्रमित विरामीहरुलाई वितरण गर्न सदस्य मोति वलीले सुजाएका थिए ।

जिल्लामा सरसफाई सम्बन्धी जनचेतना अभिबृद्धि कार्यक्रम संचालन गर्नका लागि कर्णाली प्रदेश सरकारको भौतक पूर्वाधार विकास मन्त्रालयको बजेटलाई कार्यान्वयन गर्न जिल्लाको सरसफाई रणनैतिक योजना निर्माण गर्नुको साथै बढ्दो क्रममा रहेको कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रणमा मद्दत गर्ने हिसावले जिल्लाका सात वटै पालिका, नेपाली सेनाको चन्दननाथ गण मालिका व्यारेक, नेपाल

प्रहरी र सशस्त्र प्रहरी बलको ब्यारेकमा सरसफाईका लागि स्टेन सहितको हेण्ड वास सेट, २० प्याकेट मास्क, ७० वटा सेनिसाईटजर, ३ प्याकेट ग्लोप्स र ६० वटा हाईजेनिक किट लगाएतका स्वास्थ्य सुरक्षा सामाग्रीहरु हस्तान्तरण गरिएको खानेपानी, सिंचाई तथा उर्जा बिकास कार्यालय, जाजरकोटका प्रमुख ज्वालाराज शाहीले जानकारी दिए ।

जिल्ला स्थित खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति मार्फत खर्च गर्ने गरि कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार बिकास मन्त्रालयले जिल्लामा पठाएको बजेटलाई कार्यन्वयन गर्न बनेको सरसफाई रणनैतिक योजनाकै सुचक भित्र रहेर जिल्लाका सबै पालिका र सरक्षा निकायका व्यारेकमा सरसफाई तथा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको कार्यालय प्रमुख शाहीको भनाई रहेको छ ।

खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिले भेरी नगरपालिकालाई हस्तान्तरण गरिएका मास्क, सेनिटाईजर, हाईजेनिक किटलाई सुक्रबार भेरी नगरपालिका–४ रानागाउँ स्थित भेरी प्राथमिक विद्यालयको आइशोलेसनमा रहेका संक्रमित विरामीहरुलाई बितरण गरिएको नगर स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया