निषेधाज्ञामा थप कडाई, पत्रकारका लागि सुचना विभागको कार्ड अनिवार्य


खलंगा, २४ वैशाख । जाजरकोटमा जारी निषेधाज्ञामा थप कडाई हुने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाद्धारा जारी आदेशमा थप कडाई गर्ने उल्लेख गरिएको छ । कोरोनाको दोस्रो लहर जिल्लामा फैलिएको र संक्रमणको दर तीव्र रहेकोले जारी निषेधाज्ञामा थप कडाई गरिने प्रजिअ देवकोटाले जानकारी दिए ।

यस्तै, पहिलो चरणमा गरिएको निषेधाज्ञाको समय भोली रात्ती १२ बजे सकिदैछ । सोही अनुसार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को वैशाख २३ गते बसेको वैठकले जेठ १ गते सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । कोरोनाको जोखिम उच्च रहेकोले जिल्लाको निषेधाज्ञामा थप कडाई गर्नुपरेको प्रजिअ देवकोटाले बताए । विवाह, व्रतबन्ध, मृत्युसंस्कारमा बढीमा १० जना स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने, अत्यावश्यक सेवाहरु, एम्वुलेन्स,दमकल शवहान, झण्डावाला सरकारी गाडी,खानेपानी, स्वास्थ्य संस्था सञ्चालन गर्न पाईने जारी आदेशमा उल्लेख गरिएको छ ।

सरकारी कार्यालय लगायतका सार्वजनिक सेवा प्रदायक संस्थामा न्युनतम जनशक्ति एक चौथाई परिचालन गरी स्वास्थ्य मादण्ड पालना गरी सञ्चालन गर्ने, कर्मचारीले पालना गर्ने सवारी साधन विहान ९ बजे देखि १० बजे सम्म र वुलेका ५ बजेदेखि साढेँ ५ बजे सम्म मात्र सडकमा सञ्चालन गर्न पाउने, जिल्लामा सक्रिय पत्रकारहरुका लागि सुचना विभागको पास अनिवार्य बनाउने र नभएका कार्यालयहरुले निश्चित जनशक्तिलाई मात्र परिचालन गर्ने उल्लेख गरिरहेको छ ।

यस्तै, यस्तै कुनै सभा सम्मेलन,गोष्ठी,पार्टी प्यालेस, होटेल पुरैमा रोक लगाउने, यातायातका कुनै पनि साधन निषेधाज्ञा अवधिमा सञ्चालनमा रोक गर्ने, दुवानीको सवारीको हकमा दुई जना मात्र र एम्वुलेन्समा ३ जना बाहेक अरु बस्न नपाईने लगायतका आदेशहरु जिल्ला प्रशासन कार्यालयले जारी गरिने छ ।

संचालन गर्न पाइने सेवा एवं कार्यहरु
स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, सूचना तथा सञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटिएम सेवा जस्ता अत्यावश्यक सेवाहरु एवं सार्वजनिक निर्माण कार्य र हवाईसेवा समेत संचालन गर्न पाइने छन् ।

संचालन गर्न पाइने साधनहरु
एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाल सरकारी र निलो (कुटनीतिक) प्लेटका सवारी साधनहरु, अत्यावश्यक सेवा संचालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारीसाधनहरु (परिचय र पोशाक अनिवार्य हुनुपर्ने) ।

यस्ताे छ जारी अादेश

No description available.

तपाईको प्रतिक्रिया