पत्रकार महासंघ जाजरकोटद्धारा क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सामग्री


खलंगा, २४ वैशाख । नेपाल पत्रकार महासंघ जाजरकोटले क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । कोरोनाको उच्च जाखिममा रिर्पाेटिङ्गमा खटिने पत्रकारहरुको रक्षाका लागि स्वास्थ्य सामग्री वितरण गरिएको पत्रकार महासंघ जाजरकोट शाखाका अध्यक्ष बालकुमार शर्माले जानकारी दिए ।

शर्माका अनुसार, मास्क, सेनिटाईजर, गोलव्स वितरण गरिएको छ । भेरी नगरपालिका स्वास्थ्य शाखा र स्वास्थ्य सेवा कार्यालयमा स्वास्थ्य सामग्री माग गरी जिल्लामा क्रियाशिल पत्रकारहरुको व्यक्तिगत सुरक्षाका लागि स्वास्थ्य सामग्री वितरण गरिएको शर्माको भनाई छ । पत्रकार महासंघ जाजरकोट शाखाका सल्लाहकार दीपबहादुर घर्तीले कोरोनाका समाचार सम्प्रेषणमा ध्यान दिन पत्रकारहरुलाई आग्रह गरे ।

उनले भने, ‘कोरोनाको समाचार सम्पे्रषण गर्दा आम नागरिकको जीवनमा हतउत्साहित पार्ने र नकरात्मक असर पार्ने खालका समाचार प्रकाशन नगर्न समेत आग्रह गर्दछु ।’

यस्तै, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश बाट उपलब्ध स्वास्थ्य सुरक्षा सामग्री समेत वितरण गरिएको कर्णाली प्रदेश सदस्य सरोज वलीले जानकारी दिए । मास्क, सेनिटाईजर, ग्लोेव्स लगायतका स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको वलीले बताए ।

तपाईको प्रतिक्रिया