यार्सनद्धारा कोरोना संक्रमितलाई फलफुल


खलंगा, २४ वैशाख। जिल्लाको भेरी नगरपालिका ४ रानागाउँमा रहेका १७ जना कोरोना संक्रमतिलाई फलफुल वितरण गरिएको छ । अष्ट्रेलियन एड, कारितास अष्ट्रेलिया, कारितास नेपालको आर्थीक सहयोगमा यार्सन जाजरकोटले सञ्चालन गरेको नेपाल जिविकोेपार्जन तथा उत्थानशिलता कार्यक्रम मार्फत उक्त टोलका कोरोना संक्रमितलाई फलफुल वितरण गरिएको हो ।

भेरी नगरपालिका वडा नं ४ संग समन्वयन गरी फलफुल वितरण गरिएको यार्सन जाजरकोटका संयोजक सहदेव बस्नेतले जानकारी दिए । कोभिड १९ को दोस्रो लहर संग जिल्ला जुधिरहेको सन्दर्भमा कोरोना संक्रमितलाई राहत होस भनी फलफुल वितरण गरिएको बस्नेतको भनाई छ ।

यस्तै, भेरी नगरपालिका ४ का वडाध्यक्ष खम्बजंग शाहले यस्तो महामारीको वेला फलफुल वितरण गरी कोरोना संक्रमितलाई हौसल प्रदान गरेकोले सम्पुर्ण वडावासीको तर्फ बाट यार्सन जाजरकोटलाई धन्यवाद व्यक्त गरेका छन् ।

यस्तै फलफुल वितरण कार्यक्रममा जिल्ला समन्वय समिती जाजरकोटका प्रमुख मनबहादुर रावल, पत्रकार महासंघ जाजरकोटका अध्यक्ष बालकुमार शर्मा, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएस्पी मधुकुमार थापा, वडा नं ४ का वडाध्यक्ष खम्बजंग शाह, लगायत अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो । कोराना भाइसरका विरुद्धमा उच्च मनोवल बनाई बस्न संक्रमितलाई आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया