रुकुममा थप एकजना संक्रमितको मृत्यु, कोरोना बाट मर्नेको संख्या ५ पुग्यो


रुकुम पश्चिम, २३ वैशाख । रुकुम पश्चिममा अर्का एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको त्रिवेणि गाउँपालिका ६ का ६५ वर्षिय पुरुषको गएराति साढे १२ बजे जिल्ला अस्पतालको आईसोलेसनमा मृत्यु भएको हो ।

ज्वरो, खोकी र श्वास फेर्न गाह्रो भएपछि उनलाई बुधबार बिहान ११ बजेतिर जिल्ला अस्पतालको आईसोलेसनमा ल्याईएको थियो । आईसोलेसनमा पुर्याउँदा उनको अक्सिजन लेवल धेरै घटिसकेको र उपचारको क्रममा राति साढे १२ बजे मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयका कोरोन रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले दिए ।

यो संगै जिल्लामा कोरोकाका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ । जसमध्ये गत बर्ष त्रिवेणि गाउँपालिकाकी एक महिलाको मृत्यु भएको थियो । यही वैशाख ६ गते मुसीकोट नगरपालिकाकी एक ४० बर्षीया महिलाको मृत्यु भएको थियो ।

बैशाख १७ गते मुसीकोट नगरपालिकाकै ६० बर्षीय पुरुष र वैशाख २० गते मुसीकोट नगरपालिका ५ की ६२ वर्षिया महिलामा मृत्यु पछि कोरोना पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया