
फाईल तस्विर
खलंगा, २२ वैशाख । नयाँ भेरियन्ट सहित दोस्रो चरणमा फैलिएका कोराना महामारी अन्र्तगत जाजरकोटमा मंगलबार सम्म दुई सय ४४ जना कोरोना संक्रमित फेला गरेका छन् ।
जिल्लाका विभिन्न स्थानमा गरिएको कोरोना एन्टिजेन परिक्षण अन्र्तगत मंगलबार थप ३२ जना नयाँ संक्रमित फेला परेपछि कोरोना पोजेटिभ हुनेको संख्या दुई सय ४४ पुगेको हो । मंगलवार भेरीमा ३० र कुशेमा दुई संक्रमित फेला परेका हुन् । सात सय ६९ जनामा गरिएको परिक्षणबाट संक्रमित भएका मध्य तीन जनाले कोरोना जितेका छन् ।
संक्रमित मध्य जटिल अवस्थाका ६ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रिर्फर गरिएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका महामारी फोकल ब्यक्ति कृष्ण खत्रीले बताए । अधिकांश संक्रमित होम आइसोलेसनमा बसेर उपचार गरिरहेका छन् ।
जाजरकोट अस्पताल आइसोलेसनमा ४ जना, भेरी नगरपालिकाको आइसोलेसनमा ६ जना र नलगाड आइसोलेशनमा एक जना रहेको खत्रीले बताए ।
















































। २२ बैशाख २०७८, बुधबार