प्रशासनद्धारा बजार अनुगमन

May be an image of one or more people
खलंगा, २२ वैशाख । जिल्ला प्रशासन कार्यालय जाजरकोेटले बजार अनुगमन गरेकोे छ । मंगलबार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सरोकारवाहरुको उपस्थितीमा तत्लो थाप्ले, गैैरीखाली र ठाँटी बजारमा अनुगमन गरिएको हो ।

निषेधाज्ञाको समयमा मुल्य वृद्धि भए नभएको, कालोेबजारी वा जम्माखोरी भए नभएकोे, कतै आपुर्तिमा समस्या भए नभएको, निषेधाज्ञाको पालना भए नभएको, कृतिम अभाव भए नभएको लगायतका विषयमा बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

May be an image of one or more people and people standing

१७ वटा पसलमा गरिएको अनुगमनमा समान्य रहेको र कुनै पनि समस्या नरहेको पाइएको बताईएको छ । कुनै किसिमका खाद्यान्न सम्बन्धी समस्या भए जिल्ला प्रशासनको नम्बरमा फोन गर्न समेत आग्रह गरिएको छ । कोरोनाको दोस्रो लहर जिल्लामा फैलिएकाले वैशाख १८ गते देखि २५ गते रात्ती १२ बजे सम्म निषेधाज्ञा जारी गरिएको छ ।

May be an image of one or more people, people standing and outdoors

यो समयमा बजारमा कालोबजारी हुने अत्याधिक सम्भावना भएकोले बजार अनुगमन गर्नुपर्ने देखिएको सरोकारवालाहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया