खलंगा, २१ चैत्र । जिल्लाको नलगाड नगरपालिकाको दल्लीमा अवस्थित त्रिवेणी यूवा क्लवले स्वास्थ्य सामग्री वितरण गरेको छ । कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहर जिल्लाभर फैलिएकोले यस बाट बच्न स्वास्थ्य सामग्री वितरण गरिएको क्लवले जनाएको छ ।

कोरोना भाइरस महामारीलाई गम्भीरताका साथ लिदैं नगरपालिका भित्रका विपन्न परिवारलाई मास्क, सेनिटाईजर वितरण गरिएको यात्रा शाही ठकुरीले जानकारी दिए । उक्त क्लवले जनचेतनामुलक कार्यक्रम र प्रचार गरिरहेको समेत शाहीले बताए ।

















































। २१ बैशाख २०७८, मंगलवार