खानेपानी कार्यालयद्धारा स्वास्थ्य सुरक्षा सामग्री वितरण


खलंगा, २२ वैशाख । खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालय जाजरकोटले विभिन्न कार्यालय र सात वटै स्थानीय तहमा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहर जिल्लामा फैलिएको यस बाट बच्नका लागि स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको कार्यालय प्रमुख ज्वालाराज शाहीले जानकारी दिए ।

जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समितीको सहकार्यमा नेपाली सेना, नेपाल प्रहरी,शसस्त्र प्रहरी बल, भेरी नगरपालिका, शिवालय गाउँपालिका, बारेकोट गाउँपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिका जुनीचाँदे गाउँपालिका र कुशे गाउँपालिकामा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको हो । जसअन्र्तगत ह्यान्ड वास स्टेशन,मास्क,ग्लोवस, हाईजिन किट वितरण गरिएको जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समितीका सदस्य सचिव लमबहादुर खड्काले बताए ।

जिल्ला समन्वय समिती जाजरकोटका प्रमुख मनबहादुर रावलले सम्बन्धीत कार्यालयलाई हस्तान्तरण गरेका हुन् । कोरोना भाईरस संग लड्न थोरै भएपनि बल पुग्ने शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले बताए ।

जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समितीका संयोजक राजेन्द्र विक्रम शाह, जिल्ला समन्वय समितीका प्रमुख मनबहादुर रावल, जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख मधुकुमार थापा, शसस्त्र प्रहरी वल जाजरकोटका प्रमुख नरेश भण्डारी, भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती लगायत अन्य सरोकारवालाहरुको उपस्थितीमा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको हो ।

तपाईको प्रतिक्रिया