२० बैशाख २०७८, सोमबार

स्वास्थ्यकर्मी भागे नामक समाचार प्रति नगरपालिकाको ध्यानआर्कषण


खलंगा, २० वैशाख । ‘नगर अस्पताल बन्द गरेर डाक्टर भागे’ नामको समाचार प्रति छेडागाड नगरपालिकाले गम्भीर ध्यानआर्कषण भएको जनाएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत झलक केसीले सामाजिक सञ्जाल फेसवुकमा विज्ञप्ती जारी गरी गम्भीर ध्यानअर्कषण भएको बताएका हुन् ।

मिती २०७८।०१।१७ गते अस्पतालमा कार्यरत्त एक जना स्वास्थ्यकर्मी संक्रमित भएपछि घरमै सुरक्षित हुनुहुन्छ । कन्ट्याक टे«सिङ्गमा परेकोले नगरपालिकाको स्वास्थ्य शाखामा परिक्षण गर्न आउनुभएको थियो । केही समयपछि सबै जना अस्पतालमा फर्किसक्नु भएको थियो । एक जना अनमी र दुई जना स्वास्थ्यकर्मीमा कोरोना पोटिटिभ देखिएकोले इमर्जेन्सी सेवा सञ्चालन गर्ने र अन्य सेवा स्थगित गर्ने निर्णय समेत भएको केसीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यर्थातलाई नबुझेर लहडको भरमा केही अनलाईनमा समाचार लेख्न कार्य खेदजनक समृेत रहेको बताईएको छ । यस्ता समाचारले स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको मनोवल गिर्ने र मानमर्दन हुने गरी कुनै पनि कार्य नगर्न नगरपालिकाले आग्रह गरेको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ । जाजरकाेटका विभिन्न अनलाईनमा ‘नगर अस्पताल बन्द गरेर डाक्टर भागे’ नामक समाचार प्रकाशित भएको थियो ।
यस्तो छ विज्ञप्ती  :

याे पनि पढ्नुहाेस् 

विरामी अस्पतालमा रोकिए, ताला लगाएर डाक्टर भागेपछि…