१८ बैशाख २०७८, शनिबार

शैक्षिक माफिया विरुद्ध अखिल क्रान्तिकारीले पर्दाफास गर्छ : अध्यक्ष सुनार

May be an image of 12 people, people standing, people sitting and outdoors
बारेकोट, १८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल स्वतन्त्र विद्यार्थी यूनियन अखिल क्रान्तिकारी बारेकोट गाउँ कमिटी अध्यक्ष नवराज सुनारले शैक्षिक माफियाहरुको पर्दाफास गर्ने चेतावनी दिएका छन् । हाम्रो पहुँच डटकम संगको कुराकानीमा अध्यक्ष सुनारले बारेकोट गाउँपालिका भित्र शैक्षिक माफियाहरुको रजाई भएकोले अखिल क्रान्तिकारीले यस्ताको पर्दाफास गर्ने चेतावनी दिएका हुन् ।

विद्यार्थी संगठनले, शैक्षिक माफिया विरुद्ध, विद्यालयमा छात्रवृत्रि कार्यान्वयनको अवस्था, स्कुल फ्रि मा विद्यार्थीद्धारा चर्काे शुल्क असुल्ने विद्यालयलाई पहिलो प्राथमिकतामा राखेको सुनारले बताए । अहिले विश्वभर कोरोनाको दोस्रो लहरको जोखिम रहेकोले कार्यक्रम नगर्ने र विशेष भएमा संगठनको अभियान नरोकिने समेत बताए । राज्यको नजरमा पछि परेका विद्यार्थीहरुलाई अखिल क्रान्तिकारीले विशेष सहयोग गर्ने र आर्थीक अभाव भएका विद्यार्थीहरुलाई छात्रवृत्रिको माग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

सुनारको अध्यक्षमा ३५ सदस्सीय कमिटी गठन
अखिल क्रान्तिकारी बारेकोट गाउँ कमिटी गठन गरिएको छ । जसको ईन्चार्जमा विशाल किरण बस्नेत, सह ईन्चार्जमा भीमबहादुर नेपाली, अध्यक्षमा नवराज सुनार, वरिष्ठ उपाध्यक्षमा गणेश पहाडी, उपाध्यक्ष भक्त नेपाली, सचिवमा प्रदिप शर्मा सह सचिवमा ललित रावत र कृष्ण नेपाली सहित ३५ सदस्सीय गाउँकमिटी निर्माण गरिएको छ । बारेकोट गाउँपालिका स्तरीय प्रथम सम्मेलनले सबै पदाधिकारीहरुलाई टुंगो लगाएको हो ।