कुशेमा अज्ञात रोगले दुई बालकको मृत्यु, आधा दर्जन विरामी

सदरमुकाम बाट स्वास्थ्यकर्मीको टोली जाँदै


सरु बस्नेत
कुशे, १८ बैशाख । कुशे गाउँपालिकाको ८ हिजा पहाडामा २ बालकको मृत्यू भएको छ । १५ गते बुधबार र १८ गते शनिबार बिहान ७ बजे स्थानिय मेडिकलमा उपचारको क्रममा दई बालकको मृत्यु भएको हो । मृत्यू हुनेमा कुशे गाउँपालिका ८ का १ बर्षका पुजना तिरूवा र नौ महिनाका जगत खड्का रहेका छन ।

४÷५ दिन अगाडि देखि एक्कासी ज्वरो आउने, बान्ता गर्ने र श्वासप्रश्वासमा समस्या आएपछि स्थानिय मेडिकलमा लैजादै गर्दा बाटोमै मृत्यू भएको पैंक प्रहरी चौकीका ईन्चार्ज गंगाबहादुर चन्दले जानकारी दिए ।

कुशे ८ का २ बर्षका जीवन खड्का, १८ महिनाकी सुहाना खडका, र ८ बर्षका लोकेश खड्का उपचारपछि सामान्य अवस्थामा रहेको चौकि ईन्चार्ज चन्दले बताए ।उक्त बालबालिकहरुमा देखा परेको कोरोना हो या अन्य कुनै रोग हो भनी नियन्त्रण तथा पहिचान गर्नका लागि जिल्ला सदरमुकाम खलंगाबाट औषधी सहित स्वास्थ्यकर्मीहरुको एक टोली शनिवार कुशे गाउँपालिका तर्फ प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए ।

औषधी सहित जिल्ला अस्पतालमा कार्यरत डा. ईन्द्र थापा, स्वास्थ्य सहायक राजेन्द्रजंग शाह र अहेव कृष्ण खड्का गरी तीन जनाको टोली सदरमुकामबाट कुशे मा लागेको डा. औसरसिंह राठोरले जानकारी दिए । उक्त रोग पहिचानको लागि भोली नै हिजापहाडामा जान पहल भैराखेकोले गलत प्रचार प्रसारमा लागि हतोसाहित नभैदिन हुन कुशे बासी जनताहरूलाई कुशे गाउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया