थप १६ जनामा कोरोना पोजिटिभ, जाजरकोटमा सक्रिय संक्रमितको संख्या १४२ पुग्यो


खलंगा, १८ वैशाख । जिल्लामा कोभिड–१९ को दोस्रो लहर पश्चात् जाजरकोट जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ४२ पुगेको छ । भेरी नगरपालिकाको स्वास्थ्य शाखाले शनिबार स्याउलीबजारमा गरेको एन्टीजेन परिक्षणपछि जिल्लामा संक्रमितहरुको संख्या १ सय ४२ पुगेको हो ।

भेरी नगरपालिकाको स्याउलीबजारमा शनिवार ४६ जनालाई गरिएको एन्टीजेन परिक्षणबाट १६ जनालाई कोरोना पुष्टी भएको भेरी नगर स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्य सहायक यज्ञ गौतमले जानकारी दिए । शनिबार स्याउलीबजारमा गरिएको परिक्षणबाट कोरोना पुष्टी भएका १६ जना संक्रमितहरु भेरी नगरपालिका–७ र ८ का नागरिकहरु रहेको गौतमले बताए ।

शुक्रबारसम्म गरिएको परिक्षणबाट जिल्लामा संक्रमितहरुको संख्या १ सय २६ थियो भने, शनिबार स्यालीबजारमा गरिएको परिक्षणबाट जिल्लामा संक्रमित हुनेहरुको संख्या १ सय ४२ पुगेको छ । एक जना डिस्चार्ज भईसकेको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ ।

तपाईको प्रतिक्रिया