बारेकोटमा असिनाले गुहँवाली नष्ट

असिना पानीले लाखौँ मूल्य बराबरको अन्नबाली नष्ट
बारेकोट, १८ वैशाख । जिल्लाको बारेकोट गाउँपालिकामा बर्षा संगै आएको असिना पानीले किसानको खेतवारीमा पाक्नै लागेको गुहुँ बाली नष्ट गरेको छ । गाउँपालिका भित्रका, धुमा, ताँसी, सुवाकोट, घर्तीगाउँ, बन्डाला, रोकायगाउँ, रामीडाँडा,नायकवाडा, जिरी, मुल्साम लगायतका स्थानमा पाक्नै लागेको गुहँ बाली नष्ट गरेको स्थानीय धनजित विकले जानकारी दिए ।

उनका अनुसार, शुक्रबार दिउँसो करिव १ बजे देखि सुरु भएको असिना पानी ३ घण्टा सम्म लगातार परेपछि स्थानीयले भित्र्याउन लागेको गुहँवाली सखाप पारेको हो । त्यस क्षेत्रका किसानको प्रमुख खाद्यान्नको स्रोत गुहँ र जौं रहेको छ । पाक्नै लागेको वाली असिनाले नष्ट गरेपछि अव के खाएर बाँच्ने होला भन्दै किसान चिन्तित बनेका छन् । सधैं भोकमारीको चपेटामा पर्ने बारेकोट यस बर्ष पनि भोकमरीको भुमरीमा पर्ने निश्चित देखिएको स्थानीय वुद्धिजिवीको भनाई छ ।

यता, अन्य स्थानीय तहका किसान भने पानी परेपछि खुशी भएका छन् । गुहँ वाली भित्र्याई सकेको र मकैं रोप्ने समयमा पानी परेको भन्दै उनीहरु खुशी भएको भेरी नगरपालिका १ का प्रेम विकले जानकारी दिए ।

तपाईको प्रतिक्रिया