जाजरकोटमा थपिए ३० नयाँ कोरोना संक्रमित, जिल्लाभर सक्रिय संक्रमित संख्या १२६ पुग्यो


जाजरकोट, १७ वैशाख । शुक्रबार ६५ जनामा गरिएको परिक्षणबाट २१ जनालाई कोरोना पुष्टी भएको छ । जिल्ला अस्पताल जाजरकोटमा गरिएको एन्टीजेन परिक्षणबाट ६५ जनामा २१ जनालाई कोरोना पुष्टी भएको हो । यस्तै, छेडागाड नगरपालिकामा २९ जनामा गरिएको एन्टीजेन परिक्षणमा ९ जनामा कोरोना पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका कोरोना फोकल प्रर्सन कृष्ण खत्रीले जानकारी दिए । शुक्रबार गरिएको परिक्षणबाट ३० जनालाई कोरोना पुष्टी भएपछि जिल्लामा संक्रमितको संख्या १ सय २६ पुगेको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले जनाएको छ ।

यस्तै विहीबार सम्म जिल्लामा सक्रिय संक्रमितको संख्या ९६ पुगेको थियो । कोरोनाको दोस्रो लहर सुरु हुन पहिले गत चैत २६ गते गरिएको परिक्षणबाट कोरोना संक्रमित जुनीचाँदेका एक जना डिस्चार्ज भएर घर फर्किसकेको जानकारी दिए । संक्रमितहरुलाई स्वास्थ्य कर्मीहरुको निगरानीमा होम आईसुलेसनमा राखेर उपचार गरिएको छ ।

होम आईसुलेसनमा रहेका बिरामीहरुलाई परिवारका अन्य सदस्यहरु संगको सम्पर्कबाट टाढा राख्नुको साथै नियमित दुध, अण्डा, माछा, मासु जस्ता पोषणयुक्त आहार बिहार गर्न गराउन भेरी नगरपालिकाले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया