छेडागाडमा २९ जनामा गरिएको एन्टिजेन परिक्षणमा ९ जना पोजेटिभ

जाजरकोटको छेडागाड नगरपालिकामा गरिएको कोरोना परिक्षणमा नौ जना पोजेटिभ देखिएका छन ।
शुक्रवार नगरपालिकाका २९ जनाको एन्टिजेन परिक्षण गरिएकोमा ९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
जस अन्तर्गत ५ जना नगरपालिकाका कर्मचारी रहेका छन् । यसै गरि दुईजना स्थानिय शिक्षक र अन्य सर्बसाधारण दुई गरि जम्मा ९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
बिगत केही दिन देखि ज्वरो आउने,खोकी लाग्ने जस्ता लक्षण देखिएकोले लक्षण सहितका कर्मचारी तथा केहि स्थानियको एन्टिजेन परिक्षण गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत झलक केसिले बताउनुभयो ।
ठुलो सङ्ख्यामा नगरपालिकाका कर्मचारीमा कोरोना देखिएपछी कम्तिमा एक हप्ता नगरपालिकालाई सिल गर्ने निर्णय हुन सक्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया