एकैदिन ५७ सय २७ संक्रमित थपिए, ३३ जनाको मृत्यु

काठमाडौं, १७ वैशाख । पछिल्लो २४ घन्टामा देशभर पाँच हजार ७ सय २७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १५ हजार ३ सय ९१ जनाको पिसिआर र ५ सय २५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पाँच हजार ७ सय २७ जना संक्रमित भेटिएका हुन् । यो एकैदिन भेटिएको अहिले सम्मकै उच्च संख्या हो ।

योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख २३ हजार १८७ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको सख्ंया ३८ हजार ८१३ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज ३३ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । आज देशभर ९सय २८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। हालसम्म २ लाख ८१ हजार ९५ जनाले कोरोनालाई जितेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ । आज देशभर ५५ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया