हत्याको आरोपमा वावुछोरा पक्राउ


जाजरकोट, १६ वैशाख । हत्या गरेको आरोपमा जाजरकोटमा २ जना पक्राउ परेका छन् । जिल्लाको छेडागाड नगरपालिकाका १ पुरुषको हत्यामा संलग्न भएको आरोपमा शिवालय १ बालुवा घर भई छेडागाड ९ राजिकोट बस्ने सुकिलाल वादी र उनका छोरा ज्ञानु बादीलाई प्रहरीले पक्राउ गरेको हो ।

छेडागाड ११ भैसीखर्क स्थित फुम्न राजीकोट जोड्ने झोलुङ्गे पुल माथि छेडागाड नगरपालिका १० खलटाकुरा बस्ने ४६ वर्षका धनविरे पुनमगरको लास गत आइतवार फेला परेको थियो । उक्त घटनाको बारेमा गरिएको अनुसन्धानका क्रममा हत्यामा ती दुई बाबुछोराको संलग्नता रहेको तथ्य फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीले बताए ।

उनीहरुलाई अनुसन्धानका लागि अदालतले सात दिनको म्याद दिएको छ । आरोपीहरुको जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक चरणको बयानमा उनीहरुले अपराध स्वीकार गरेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया