
रमेश बस्नेत
जाजरकोट, १६ वैशाख । जिल्लाको कुशे गाउँपालिकाका सम्पुर्ण विद्यालय अर्काे सुचना नहँुदा सम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ । बुधबार गाउँपालिकाको कार्यालयमा बसेको बैठकमा शिक्षा युवा तथा खेलकुद शाखाले उक्त निर्णय गरेको हो ।
विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड १९) को दोस्रो लहर जाजरकोटमा फैलिएको र यसको प्रभाव कुशेमा फैलिनवाट जागिन उच्च सतर्कताका लागि वैशाख १६ गतेदेखि अर्काे सुचना नहुँदा सम्मको लागि बिद्यालयमा हुने पठनपाठन र परिक्षाहरू बन्द गर्ने निर्णय भएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।
कोरोना संक्रमणवाट सचेत रहनका लागि गाउँपालिकामा स्वास्थ्य मापदण्डअनुसार प्रचारप्रसारलाई व्यापक पार्ने निर्णय गरिएको समेत अध्यक्ष बस्नेतले बताए ।
















































। १६ बैशाख २०७८, बिहीबार