कुशेमा प्रहरीको सक्रियता, सेवाग्राहीलाई निशुल्क मास्क

खलंगा, १५ वैशाख । जिल्लाको कुशे गाउँपालिका ८ बिजुली डाँडामा रहेको प्रहरी चौकीमा दैनिक आउने सेवाग्राहीलाई कोरोना भाइरसबाट बच्न र बचाउने सचेतनाको काममा सक्रिय रहेको छ । प्रहरी चौकीमा अन्य कामले आउने सेवाग्राहीलाई प्रतिब्यक्ती १ थान मास्क बितरण गर्ने गरिरहेको स्थानीय भिम आर.सी.ले जानकारी दिए ।

प्रहरी समाजमा शान्ति सुरक्षाको लागि मात्रै तैनाथ नभएर अन्य सचेतनामुलुक गतिविधि लागू औषध दुव्र्यशनको अन्त सँगै कोरोनाबाट बच्ने सचेतनाको काममा लाग्नु प्रशंसनिय कार्य भएको स्थानीय बताउँछन । विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न प्रहरी चौकीले सर्वसाधारणलाई ब्यक्तिगत सरसफाइमा जोड दिनु पर्ने, साबुन पानीले हात धुनु पर्ने, सेनिटाईजर प्रयोग गर्ने लगायत सचेतना फैलाउने काम गरिरहेको छ ।

प्रहरी चौकीमा सेवा लिन आउने सबै सेवाग्राहीलाई सचेतना दिनु खुशिको कुरा भएको भन्दै स्थानीयवासी आर.सी.ले समुदायका सबै मान्छेहरु पनि संकटको बेला सचेत हुनुपर्ने बताए । प्रहरीले थालेको उक्त कार्यको स्थानीयले तारिफ गरेका छन् । हाल ९ जनाको दरबन्दी रहेको प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गंगा बहादुर चन्द रहेका छन् ।

तपाईको प्रतिक्रिया