
नलगाड । नलगाड नगरपालिका–स्थित वीरेन्द्र हिमालय माध्यमिक विद्यालयका शिक्षक मणिराम पोखरेल उत्कृष्ट शिक्षकका रूपमा सम्मानित हुनुभएको छ।
कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर सुर्खेतले आर्थिक वर्ष २०८२/०८३ को कार्यक्रम अन्तर्गत शिक्षा क्षेत्रमा पुर्याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै पोखरेललाई नगद रु. ३५ हजार सहित प्रशंसा–पत्र प्रदान गरेको हो।
शिक्षण पेशालाई थप मर्यादित बनाउँदै शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उहाँलाई सम्मान गरिएको निर्देशनालयले जनाएको छ। यस सम्मानले शिक्षा क्षेत्रमा क्रियाशील शिक्षकहरूलाई थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।
















































हाम्रो पहुँच संवाददाता । २३ जेष्ठ २०८३, शनिबार