जाजरकोट : शैक्षिक सुधारका लागि प्रधानाध्यापकहरुको सामुहिक प्रतिवद्ता !

May be an image of one or more people, people studying, speaker and text
जाजरकोट – कमजोर शैक्षिक नतिजाको दबाब झेल्दै आएको जाजरकोट अब सुधारको नयाँ यात्रामा अघि बढ्ने संकेत देखिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटको आयोजनामा सम्पन्न शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी अन्तरक्रिया कार्यक्रमपछि जिल्लाभरका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूले सामूहिक रूपमा प्रतिबद्धता जनाएका छन् ।

एसईई लगायत सबै परीक्षाको नतिजा सुधार गर्ने, विद्यालय व्यवस्थापन सुदृढ बनाउने र सिकाइको गुणस्तर उकास्ने स्पष्ट लक्ष्यसहित गरिएको यो प्रतिबद्धताले शिक्षा क्षेत्रमा नयाँ आशा जगाएको छ ।

“कागजमा होइन, व्यवहारमा सुधार चाहिन्छ”
कार्यक्रममा बोल्दै इकाइ प्रमुख यज्ञश्वर खत्रीले अब केवल योजना बनाउने समय सकिएको र परिणाम देखाउने समय आएको स्पष्ट पारे ।
“हामीले वर्षौँदेखि समस्या चिन्दै आएका छौं, तर अब समाधान कार्यान्वयन गर्ने समय हो । यो प्रतिबद्धता कागजमा सीमित हुनु हुँदैन, कक्षाकोठामा देखिनुपर्छ,” इकाइ प्रमुख यज्ञश्वर खत्री भने । उनले शिक्षक, विद्यालय र स्थानीय तहबीच समन्वय बढाउँदै जिम्मेवारीपूर्ण कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

नतिजा सुधारका ठोस उपाय
प्रतिबद्धता अनुसार विद्यालयहरूले अब अघिल्लो नतिजाको विश्लेषण गर्दै सुधारका लागि योजनाबद्ध काम गर्नेछन् । अतिरिक्त कक्षा, कोचिङ, मोडल टेस्ट, अनलाइन सिकाइ र निरन्तर मूल्यांकनलाई प्रभावकारी बनाइनेछ ।
परीक्षा प्रणालीलाई मर्यादित बनाउन मोबाइल निषेध, चिटिङ नियन्त्रण र ७५ प्रतिशत हाजिरी अनिवार्य गर्ने कडाइसमेत लागू गरिनेछ ।

व्यवस्थापन र अनुशासनमा कडाइ
विद्यालयभित्र स्पष्ट जिम्मेवारी बाँडफाँड, शिक्षक क्षमता विकास, वार्षिक योजना निर्माण र कार्यान्वयनमा जोड दिइनेछ । साथै सरसफाइ, पूर्वाधार सुधार र स्थानीय स्रोतको उपयोग मार्फत विद्यालय वातावरणलाई व्यवस्थित बनाउने लक्ष्य लिइएको छ ।

गुणस्तरीय शिक्षातर्फ नयाँ मोड
नयाँ पाठ्यक्रम कार्यान्वयन, आईसिटी प्रयोग, शिक्षण सामग्रीको प्रभावकारी उपयोग, विद्यार्थीको प्रतिभा पहिचान र प्री सिकाई जस्ता अभ्यासलाई विस्तार गरिनेछ ।

व्यवहारिक सुधारका पहल
सेनिटरी प्याड उपलब्धता, दिवा खाजा व्यवस्थापन, गुनासो सुनुवाइ, समयमै पाठ्यपुस्तक वितरण र इमिस प्रणाली अद्यावधिक गर्ने कामहरूलाई प्राथमिकतामा राखिएको छ ।

अब परीक्षण कार्यान्वयनको
कागजमा हस्ताक्षरित प्रतिबद्धता अब व्यवहारमा कत्तिको रूपान्तरण हुन्छ भन्ने नै मुख्य प्रश्न हो। विगतका अनुभवले चुनौती देखाए पनि यसपटकको एकीकृत प्रयासले सकारात्मक संकेत दिएको छ ।

शैक्षिक सुधारको अध्याय
जाजरकोटको शिक्षा क्षेत्रमा यो पहललाई “टर्निङ प्वाइन्ट” का रूपमा हेरिएको छ । यदि प्रतिबद्धता कार्यान्वयनमा उतार्न सकिएमा, आगामी वर्षहरूमा एसईई नतिजामा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ ।

May be an illustration of text

May be an image of text

May be an image of ‎text that says '‎तपसिलका विषयहकलाई थप प्रमावकारी सहज एम तोकिएको मापदणड बमोजिम आवश्यक ब्यवस्थापन गनेशे: 쿠다 सेनिटरी प्ाडको उपलव्यता ३६. अतिरिक्त क्रियाकलाप आबोबना उ.दिवा बाजा मेनु अनुसार व्यवस्थापन ८.पुनासो सुखुवाई कार्ब रसामार्बिक परीकण ३९. ९.समयमे पाट्यक्रम, पाटृययुस्तक तया सन्दर्भ सामप्री फर्वि विद्यार्थी भर्ना निक्त्साहन ४१.विभिन्न शुल्क कातुन बमोदिम ४२.निवमित विद्यालय सर्सफाइ ४३.तोकिएको समयमा कार्बसम्मादन मूल्याइकन फाराम જ.निर्घारितस समयमे सवै शिसक तघा कर्मचारीहरको सम्पची विवरण مله ૪_एकीकृत शैसिक सुचना ब्यवस्थापन प्रणाली (IEMIS) ४प्रचलित कानुनले तोकिए बमोबिमका अन्य कार्यहर। रैपेशग्रे فیایم ኣሁን അുേനട് o لعلاود الماب الل 承盛 لم‎'‎

तपाईको प्रतिक्रिया