
जाजरकोट — आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनका लागि जाजरकोट जिल्लामा कुल १ लाख ७ हजार ९० (१०७०९०) मतदाता रहेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाका सात स्थानीय तहमा मतदानको सम्पूर्ण तयारी तीव्र पारिएको छ।
सबैभन्दा बढी मतदाता भेरी नगरपालिकामा रहेका छन्। भेरीमा २२ हजार ९३० मतदाता छन् भने यहाँ १४ मतदान स्थल र २९ मतदान केन्द्र निर्धारण गरिएको छ।
त्यसैगरी, छेडागाड नगरपालिकामा २१ हजार ३५६ मतदाता, १६ मतदान स्थल र २७ मतदान केन्द्र रहेका छन्। नलगाड नगरपालिकामा १७ हजार २१ मतदाता, १६ मतदान स्थल र २४ मतदान केन्द्र छन्। कुशे गाउँपालिकामा १२ हजार ५९३ मतदाता, ११ मतदान स्थल र १७ मतदान केन्द्र तोकिएका छन्। जुनीचाँदे गाउँपालिकामा १२ हजार २८० मतदाता, १२ मतदान स्थल र १८ मतदान केन्द्र रहेका छन्। बारेकोट गाउँपालिकामा ११ हजार ७९१ मतदाता, १० मतदान स्थल र १६ मतदान केन्द्र निर्धारण गरिएको छ। सबैभन्दा कम मतदाता शिवालय गाउँपालिकामा रहेका छन्, जहाँ ९ हजार १ सय १९ मतदाता, ९ मतदान स्थल र १५ मतदान केन्द्र छन्।

जिल्लाभर कुल ८८ मतदान स्थल र १४६ मतदान केन्द्र मार्फत मतदान प्रक्रिया सञ्चालन गरिने निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित बनाउन सुरक्षाको विशेष व्यवस्था मिलाइएको छ भने मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गरिएको छ।
फागुन २१ गतेको निर्वाचनले जाजरकोटको भावी राजनीतिक दिशा तय गर्ने भएकाले मतदाताको सक्रिय सहभागितालाई अर्थपूर्ण मानिएको छ।
















































हाम्रो पहुँच संवाददाता । ३० माघ २०८२, बिहीबार