नेकपा जाजरकाेटद्वारा शक्ति बस्नेत सहित छ उम्मेदवार सिफारिस


जाजरकोट — आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जाजरकोट जिल्लाबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विभिन्न पदमा उम्मेदवारहरू सिफारिस गरेको छ।

पार्टी स्रोतका अनुसार प्रतिनिधि सभा प्रत्यक्षतर्फ शक्ति बहादुर बस्नेत, रामदिप आचार्य, गणेश प्रसाद सिंह, कृष्ण बहादुर बुढा, महेश अधिकारी र पार्वती थापालाई सिफारिस गरिएको छ।

त्यसैगरी समानुपातिक तर्फ गगनबहादुर खड्का, ढकवीर राना, शिव प्रसाद शर्मा, पार्वती विक र धर्मसिला बस्नेतको नाम सिफारिस सूचीमा समावेश गरिएको छ।

यस्तै, राष्ट्रिय सभा सदस्यका लागि वीरबहादुर रावत र ओमा शाहीलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको पार्टीले जनाएको छ।

यसअघि जाजरकोट जिल्लामा तत्कालीन माओवादी केन्द्रले निरन्तर निर्वाचन जित्दै आएको छ। अहिले नेपाली कम्युनिस्ट पार्टी बनेसँगै एकीकृत समाजवादी र माओवादी केन्द्रबीचको एकताले चुनावी प्रतिस्पर्धामा जित हासिल गर्न सहज हुने नेताहरूको भनाइ छ।
पार्टी एकतापछि संगठन थप मजबुत बनेको र मतदाताको भरोसा अझै बलियो हुने अपेक्षा गरिएको नेताहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया