
जाजरकोट । नेपालमा दुर्लभ मानिने सुनौलो बिरालो (Asiatic golden cat) पहिलो पटक जाजरकोटमा फेला परेको छ।
यसअघि यो प्रजाति गौरिशंकर संरक्षण क्षेत्रभन्दा पश्चिमतिर नदेखिएकोमा, जाजरकोटको बारेकोट गाउँपालिकामा क्यामेरा ट्र्यापमार्फत यसलाई प्रमाणित गरिएको हो।
बद्री बराल, गोविन्द बहादुर सिंह, दिपक राज बस्नेत, जीवन राई र रमेश कथरियाको टोलीले २०८१ जेठ १६ देखि असोज २७ सम्म राखिएका १० वटा क्यामेरा ट्र्यापमार्फत ५८ हजारभन्दा बढी फोटो संकलन गरेका थिए।
तीमध्ये २०८१ भदौ १२ गते खिचिएको एउटा फोटोमा सुनौलो बिरालो देखिएको पुष्टि भएको हो।
यो खोजसँगै जाजरकोट सुनौलो बिरालोको पश्चिमतम वितरण क्षेत्र बनेको छ। यसअघि नेपालमा यो प्रजाति पूर्वी हिमालयका क्षेत्रमा मात्र फेला परेको थियो।
संयुक्त राष्ट्रसंघीय IUCN सूचीमा सुनौलो बिरालो संकटग्रस्त (Vulnerable) प्रजातिमा पर्दछ भने नेपालकै राष्ट्रिय Red List मा Data Deficient श्रेणीमा राखिएको छ।
अनुसन्धान टोलीले जाजरकोट, जुम्ला र तल्लो डोल्पा क्षेत्रमा संरक्षण कार्यक्रम तत्कालै अघि बढाउन आवश्यक रहेको सुझाव दिएको छ।
















































हाम्रो पहुँच संवाददाता । १५ भाद्र २०८२, आईतवार