जाजरकोटमा खुला चङ्गा उडाउने प्रतियोगिता हुने


जाजरकोट । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको आयोजनामा आगामी असोज ६ गते खुला चङ्गा उडाउने प्रतियोगिता हुने भएको छ । नेपालीहरुको महान् पर्व दशैं–तिहारको अवसरमा परम्परागत संस्कृति जोगाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रतियोगिता भेरी नगरपालिका–३ थाप्लेस्थित वृद्धाश्रम नजिक सञ्चालन हुने बताइएको छ ।

प्रतियोगिता दिउँसो २ बजेबाट सुरु हुने र सोही दिन विजेता घोषित गरिने प्रतिष्ठानका अध्यक्ष जनक के.सी.ले जानकारी दिए।

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. ३ हजार ५ सय र प्रमाणपत्र, द्वितीय हुनेलाई रु. २ हजार ५ सय र प्रमाणपत्र तथा तृतीय हुनेलाई रु. १ हजार ५ सय र प्रमाणपत्र प्रदान गरिनेछ ।

सो प्रतियोगितामा भाग लिन इच्छुक सहभागीहरुले असोज ५ गते साँझ ५ बजेभित्र दर्ता गराइसक्नु पर्नेछ । दर्ता शुल्क रु. १०० तोकिएको छ ।

तपाईको प्रतिक्रिया