जाजरकोटमा प्रहरीद्वारा पत्रकारमाथि दादागिरी : चौतर्फी विरोधपछि डिएसपीले मागे माफी..

यो तस्वीर एआई बाट बनाईएको हो ।

जाजरकोट । जाजरकोटमा तीज विशेष कार्यक्रम कभरेज गरिरहेका पत्रकारमाथि प्रहरीले दादागिरी शैलीमा हस्तक्षेप गरी मोबाइलबाट फोटो डिलिट गर्न दबाब दिएको घटनाको चौतर्फी विरोध भईरहेको छ ।

चौतर्फी आलोचना बढेपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी बसन्तकुमार शर्माले सोमबार जिल्लामा क्रियाशील पत्रकारहरूसामु आधिकारिक रूपमा माफी मागेका छन् ।

याे पनि पढ्नुहाेस्

जाजरकोटमा प्रहरीकाे दादागिरी : पत्रकारलाई फोटो डिलिट गर्न दबाब, माेबाइल खाेस्ने प्रयास

घटना हिजो राति करिब १० बजे खलंगामा रहेको नेपाल बैंक अगाडि तीज विशेष नाचगान कार्यक्रम चलिरहेको बेला भएको हो । पत्रकार महासंघ जाजरकोटका पूर्व अध्यक्ष बालकुमार शर्मा सामाजिक सञ्जालमा लाइभ गर्दै भिडियो तथा तस्बिर खिचिरहेका बेला प्रहरी निरीक्षक सन्तोष चन्द र अर्का प्रहरी कर्मचारीले मोबाइल खोस्दै फोटो डिलिट गर्न धम्कीपूर्ण शैलीमा दबाब दिएका थिए ।

“सार्वजनिक स्थलमा खिचिएको फोटो के आधारमा मेटाउन लगाइयो भन्ने गम्भीर प्रश्न उठेको छ,“ पत्रकार शर्माले भनेका थिए, “यसरी रातिको समयमा प्रहरी प्रशासनले पत्रकारलाई मनोबल गिराउने गरी गरेको निगरानी निन्दनीय छ ।“

सो घटनापछि स्थानीय पत्रकारहरूले प्रहरी प्रशासनको व्यवहारको खुलेर विरोध गरेका थिए । पत्रकार महासंघ जाजरकोटका पूर्व अध्यक्ष जनक केसी, वरिष्ठ पत्रकार राजेन्द्र कार्की, महासंघका सचिव रेशमबहादुर खड्का, उपाध्यक्ष विनोदकुमार घर्ती लगायतको उपस्थितिमा भएको छलफलपछि प्रहरी प्रमुखले औपचारिक माफी माग्दै भविष्यमा यस्ता घटना नदोहोरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पत्रकारहरूले भने प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गर्ने प्रवृत्तिको तत्काल अन्त्य गर्न माग गरेका छन् । “द्वन्द्वकालीन शैलीको निगरानी र दमनकारी व्यवहारले जिल्लामा स्वतन्त्र पत्रकारिता नै कठिन बनेको छ,“ उनीहरूले बताएका छन् । नेकपा एमाले जाजरकोट, नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, जाजरकोट शाखा, प्रेस यूनियन लगायतका संस्थाहरुले घटनाको विरोध गरेका थिए ।

याे पनि पढ्नुहाेस्

जाजरकोटमा पत्रकारमाथि प्रहरीद्वारा अवाञ्छित व्यवहार, महासंघको भर्त्सना

यसरी भएकाे थियाे विराेध.. एमाले देखि पत्रकार महासंघकाे भत्सर्ना

May be an illustration of map and text

तपाईको प्रतिक्रिया