
जाजरकोट । रुकुम पश्चिमका युवा नेता रमेश मल्ल अनेरास्ववियूको केन्द्रीय सदस्यमा चयन भएका छन् । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूको केन्द्रीय कमिटीको प्रथम पूर्ण बैठकले मल्ललाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको हो ।
महत्वपूर्ण जिम्मेवारी पाएकोमा नेतृत्वप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै मल्लले संगठनले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । उनले नेपाली विद्यार्थी आन्दोलनलाई सही दिशातर्फ अघि बढाउनका लागि सधैं विद्यार्थीका मुद्दामा सतिसाल भएर लाग्ने दृढता व्यक्त गरेका छन् ।
मल्ल लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका छन् । उनी रुकुम पश्चिमका स्थायी बासिन्दा हुन् ।
















































हाम्रो पहुँच संवाददाता । ११ भाद्र २०८२, बुधबार