कुशेमा भिरबाट खसेको ढुङ्गाले दुई दिदीबहिनीको गयो ज्यान


जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा भिरबाट खसेको ढुङ्गा लागेर दुई दिदीबहिनीको ज्यान गएको छ ।

भुकम्पपछि टिनको अस्थायी टहरामा सुतिरहेका बेला बिहीवार राति करिब ९ः३० बजेको समयमा टहरा माथिबाट खसेको ठूलो ढुङ्गाले नरबहादुर बुढाकी १६ वर्षीया छोरी चन्द्रा बुढाको घटनास्थलमै ज्यान गएको छ ।

उनीसँगै सुतेकी २० वर्षीया सर्मिला बुढा घाइते भएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी अर्छानी लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सूचना अधिकारी हरिराम डाँगीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया