नवसिर्जनशिल शान्ति बाल क्लव पुनःगठन, अध्यक्षमा नवराज रावत


जाजरकोट । भेरी नगरपालिका–१ कालेगाउँस्थित शिव माद्यामिक विद्यालयमा नवसिर्जनशिल शान्ति बाल क्लवको पुनःगठन गरिएको छ । कार्यक्रममा विद्यालय परिवार, विद्यार्थी, अभिभावक तथा अतिथिहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

नवगठित बाल क्लवमा २५ सदस्यीय टिम चयन गरिएको छ । बाल क्लवले विद्यालयमा सिर्जनात्मक गतिविधि, अनुशासन र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
यसपटक चयन गरिएको टिम यसप्रकार रहेको छ ः
पदाधिकारीहरूः
अध्यक्षः नवराज रावत

उपाध्यक्षः रुद्रसिंह डाँगी
उपाध्यक्षः सनम बिक
सचिवः कृष्ण परियार
सह–सचिवः समीक्षा रावत
कोषाध्यक्षः अभिषेक बिक

अन्य १९ जना सदस्यहरू समेत चयन गरिएका विद्यालयका शिक्षक हेमन्त खत्रीले जानकारी दिए । क्लवको फोकल शिक्षकको भूमिकामा शिक्षिका बिन्दु बटाला रहेकी छन् ।

कार्यक्रममा बोल्दै वक्ताहरूले बाल क्लबले विद्यालयको समुन्नत विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै नवगठित टिमलाई बधाई तथा शुभकामना व्यक्त गरे।

तपाईको प्रतिक्रिया