आधारभुत अस्पताल लिम्सा ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

May be an image of 11 people and text
बारेकोट, लिम्सा । बारेकोट गाउँपालिका ‒२ लिम्सामा रहेको आधारभुत अस्पताललाई ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा गरिएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी अस्पताललाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो । १० मापदण्ड र १६ वटा सुचक पुरा गरेपछि स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको इन्चार्ज गणेशमान सिंहले जानकारी दिए ।

स्वास्थ्य चौकीको जनशक्ति व्यवस्थापन, उर्जा (विद्युत), खानेपानी, शौचालय तथा फोहर व्यवस्थापन, औषधीहरुको सुरक्षित प्रयोग, सामाजिक सचेतना, भौतिक संरचनाको व्यवस्थापन लगाएतका १० वटा मापदण्डलाई अस्पतालले पुरा गरेको छ ।

May be an image of 2 people

नियमित गर्भजाँच, बृद्धि अनुगमन, संस्थागत जन्मेका बच्चाले एक घण्टा भित्रै स्तनपान, नियमसंगत भिटामिन ए, जुकाको औषधि, ६ महिनासम्म पूर्ण स्तनपान, ६ महिनापछि स्तनपानसंगै पुरक खाना, पूर्णखोपयुक्त संस्था, नियमित बालबिटा पाएका बच्चा, फोलिक एसिड चक्की पाएका किशोरीहरु, झाडा पखाला लागेको वेला जिंक चक्की र पुनर्जलिय झोलको प्रयोग लगाएतका १६ वटा सुचक पुरा गरेको इन्चार्ज सिंहले बताए ।

May be an image of 4 people, dais, temple and text

तपाईको प्रतिक्रिया