रामीडाँडा स्वास्थ्य चौकी बारेकोटकै पहिलो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

May be an image of 2 people, temple and text

 लिम्सा । बारेकोट गाउँपालिका‒ १ मा रहेको रामीडाँडा स्वास्थ्य चौकीलाई बारेकोटकै पहिलो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा गरिएको छ । विहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गरिएको स्वास्थ्य चौकी इन्चार्ज विष्णुराज ज्योतिले जानकारी दिए ।

१० मापदण्ड र १६ वटा सुचक पुरा गरेपछि स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको इन्चार्ज ज्योतिले बताए ।

स्वास्थ्य चौकीको जनशक्ति व्यवस्थापन, उर्जा (विद्युत), खानेपानी, शौचालय तथा फोहर व्यवस्थापन, औषधीहरुको सुरक्षित प्रयोग, सामाजिक सचेतना, भौतिक संरचनाको व्यवस्थापन लगाएतका १० वटा मापदण्डलाई रामीडाँडा स्वास्थ्य चौकीले पुरा गरेको छ ।

May be an image of 4 people and text

नियमित गर्भजाँच, बृद्धि अनुगमन, संस्थागत जन्मेका बच्चाले एक घण्टा भित्रै स्तनपान, नियमसंगत भिटामिन ए, जुकाको औषधि, ६ महिनासम्म पूर्ण स्तनपान, ६ महिनापछि स्तनपानसंगै पुरक खाना, पूर्णखोपयुक्त संस्था, नियमित बालबिटा पाएका बच्चा, फोलिक एसिड चक्की पाएका किशोरीहरु, झाडा पखाला लागेको वेला जिंक चक्की र पुनर्जलिय झोलको प्रयोग लगाएतका १६ वटा सुचक पुरा गरेको इन्चार्ज ज्योतिले बताए । एउटा सुचक छिट्टै पुरा गर्ने प्रतिवद्दता व्यक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया