जनप्रतिनिधीहरुलाई माओवादी केन्द्र जाजरकोटको प्रशिक्षण : “जनताको काम गर्न कुनै खोटबाँकी नराख्नु”

May be an image of 8 people and text
जाजरकोट । नेकपा माओवादी केन्द्र जाजरकोटले आफ्ना पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई दुई दिने विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

प्रशिक्षणमा जनताको कामलाई प्राथमिकतामा राख्नुपर्ने, सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिताको महत्व, समाजवादी मोडलअनुसारको स्थानीय सत्ता सञ्चालन र न्याय सेवा प्रवाहको अभ्यासलगायत विषयहरूमा गहन छलफल भएको प्रेस सेन्टर नेपाल जाजरकोटका अध्यक्ष लोकेन्द्र विक्रम शाहीले जानकारी दिए ।

May be an image of 9 people, people studying, chess, childrens toy, table and text
कार्यक्रममा पार्टी र सरकारबीचको सम्बन्ध सुदृढ बनाउन आवश्यक रणनीतिहरूबारे पनि प्रशिक्षण दिइएको थियो । प्रशिक्षकहरूले निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो जिम्मेवारीप्रति गम्भीर भई आम नागरिकको सेवा र स्थानीय विकासमा केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिएको अध्यक्ष शाहीले बताए ।

May be an image of 5 people, people studying and text

प्रशिक्षणमा सहभागी जनप्रतिनिधिहरूले जनताप्रति उत्तरदायी हुँदै पार्टीको विचार र नीतिअनुसार समाजवादी शासन अभ्यास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रमले स्थानीय तहमा सेवा प्रवाह सुधार र पार्टी–संरचना सुदृढीकरणमा थप टेवा पु¥याउने अपेक्षा गरिएको छ । जनताको काम गर्न कुनै खोट बाँकी नराखी काम गर्न आग्रह समेत गरिएको छ ।

प्रशिक्षणमा कानुन सम्बन्धि विषयमा वरिष्ठ अधिवक्ता विद्या भूषण मानन्धरले प्रशिक्षण दिएका थिए। उनले स्थानीय तहमा कानुनी प्रक्रिया, न्याय सेवा प्रवाह, र जनप्रतिनिधिको संवैधानिक तथा कानुनी दायित्वबारे विस्तृत जानकारी दिएका थिए। जनप्रतिनिधिहरूले कानुनको दायरा र सीमाभित्र रही जनताको सेवा गर्नुको आवश्यकता रहेकोमा उनले जोड दिए।

May be an image of 13 people and people studying

तपाईको प्रतिक्रिया