
नेपाली जनताको पटक पटकको त्याग,बलिदान र जनआन्दोलन, १० बर्षे महान जनयुद्धको उपलब्धी नामको मात्र बुर्जुवा गणतन्त्र स्थापना भई १८ बर्ष पूरा भएछ । यो बुर्जुवा गणतन्त्र भित्र नेपाली जनताको जीवनस्तर,अवस्था बदलियोकी बदलिएन भन्दा उस्तै छ । त्यसैले यो बुर्जुवा गणतन्त्रको नाममा बदनाम भएको छ । यहाँ केही मुठ्ठीभर मान्छेका जीवनस्तर बदलिएका छन् । तिनका आसेपासे बदलिएका छन् । तिनका लागि यो गणतन्त्र आएको छ ।
सारमा हेर्दा नेपाली जनताको जीवनस्तर उहीँ छ । आज यसो हेर्दा यो असफल व्यवस्था भित्रको भ्रष्ट दलाल संसदीय पुँजीवादी व्यवस्था भित्रको संसदीय दलाल पुँजीवादी गणतन्त्र पनि असल सिद्ध भएको छ । नामको गणतन्त्र छ यसो हेर्दा गणतन्त्र नाम सुन्दा पनि गणतन्त्र बाहिरबाट हेर्दा राम्रै लाग्छ । तर गणतन्त्र भित्रको शासन स्वरुप हेर्दा उही छ । देशको शासन स्वरुप हेर्दा व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका हेर्दा उहीँ पुरानो सामन्ति सोचको छ । गणतन्त्र भित्र हरेक कुरा च्यान्ज भएर आउनुपर्थाे ।
शिक्षा क्षेत्रमा उहीँ पुरानै पञ्चायतीहरुको पालामा बनेको ऐन छ । कृषि क्षेत्रमा उहीँ छ । आधुनिकीरण भएको छैन् । बाटो सडक उही छ । जम्ला, हुम्ला ,मुगु ,डोल्पाको हालत उस्तै छ । खानेपानीको हालत, बिजुली बत्तीको हालत उहीँ छ । यसमा कुनै पनि परिवर्तन आउन सकेन । यसमा केही सुधार भयो होला कुनै नौलो कुरा हैन ।
त्यसैले बुर्जुवा गणतन्त्रको आंशिक उपलब्धी भनिन्छ । नेपाली जनता त्याग बलिदानी त्यसै खेर जाने छैन् । अब खास नेपाली जनताको समाजवादी गणतन्त्र आउने छ । छिटै सहीदले देखेको सपना र नेपाली जनताको जनचाहना अनुसारको समाजवादी गणतन्त्र कार्यान्वयन हुनेछ । नाममा सीमित १८ औं गणतन्त्र दिवसको सम्पूर्णमा हार्दिक शुभकामना । अब छिटो भन्दा छिटो समाजवादी गणतन्त्र स्थापना होस् । समाजवादी गणतन्त्र जिन्दावाद । वीर सहीद लालसलाम ।
लेखक ः थापा नेकपा बहुमत ६ नम्बर ब्युरो सदस्य र डोल्पा जिल्ला सेक्रेटरी हुन् ।
















































जनक थापा (मार्सल) । १७ जेष्ठ २०८२, शुक्रबार