
खलंगा । नेकपा एकीकृत समाजवादी जाजरकोटले सरकारलाई ६० बुद्दे ज्ञापनपत्र बुझाएको छ । शुक्रबार (आज) जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको हो । जिल्लाको समग्र विकास निर्माणका लागि सरकारलाई ज्ञापनपत्र बुझाएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य कमान बहादुर खड्काले जानकारी दिए ।
खड्का अनुसार जिल्लाका महत्वकांक्षी योजनाहरु निर्माणमा तीव्रता दिन, अलपत्र आयोजनाहरु सञ्चालन गर्न, भूकम्प पीडितका लागि पुर्ननिर्माणको गति बढाउन माग सहित ज्ञापन पत्र बुझाईको छ । सडक, कृषि, खानेपानी, पुर्वाधार, भूकम्पपछिको पुर्ननिर्माण सहित ६० बुद्दे माग राखी ज्ञापनपत्र बुझाईएको खड्काले हाम्रो पुहँच डटकम सँग बताए ।
प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले आजै नेपाल सरकारलाई उक्त ज्ञापन पत्र पठाउने बताए । ज्ञापन पत्र बुझाउन जिल्ला अध्यक्ष दिपबहादुर थापा, सचिव प्रदीप खड्का सहित एकीकृत समाजवादी जाजरकोटका नेताहरुको सहभागिता रहेको थियो ।
















































हाम्रो पहुँच संवाददाता । १९ बैशाख २०८२, शुक्रबार