
काठमाडौँ । नेपाली मौलिक संस्कृति र कर्णाली क्षेत्रको पहिचानलाई उजागर गर्ने देउडा गीत ‘मोइ खाइदिम कि चुप्पा’ सार्वजनिक भएको छ । चर्चित गायिका इब्सल सन्ज्याल र गायक रमेशकुमार बस्नेतको स्वरमा सजिएको यो गीतले श्रोतामाझ नेपाली लोककला र मौलिक संगीतको मिठास बोकेको सन्देश दिन खोजेको छ ।
गीतमा शब्द सिर्जना सुरिता बस्नेत ‘सरुको रहेको छ भने लय स्वर्गीय रिम बहादुर बस्नेतले तयार पारेका हुन् । यो गीत स्वर्गीय बस्नेतको स्मृतिमा अर्पण गरिएको छ । गीतलाई आरबी स्पीकर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हाे ।
गीतले कर्णाली क्षेत्रको धरोहर, भाषा, रहनसहन र सांस्कृतिक सम्पदालाई उजागर गर्दै राष्ट्रिय संगीतको विविधतालाई सशक्त रूपमा प्रस्तुत गरेको छ । ‘मोइ खाइदिम कि चुप्पा’ भन्ने बोलमै रमाइलो पाराले प्रस्तुत गरिएको यो देउडा गीतले स्रोता-दर्शकमाझ हास्यरस, सामाजिक सन्देश र क्षेत्रीय सम्पदाको एक साथ समागम गराएको छ ।
गीतको सिर्जनाकर्ताहरूले कर्णालीको मौलिकता बचाउँदै, त्यसलाई नयाँ पुस्तासम्म पुर्याउने प्रयासस्वरूप यस गीतलाई सार्वजनिक गरेको बताएका छन् । श्रोताहरूले गीतमा प्रस्तुत भाव, संगीत संयोजन र भिडियो निर्माणको तारिफ गरिरहेका छन् । कर्णालीको मौलिकतालाई समेट्ने यस गीतबाट लाखौं दर्शक-स्रोताको मन जित्ने अपेक्षा गरिएको छ ।
















































हाम्रो पहुँच संवाददाता । १८ बैशाख २०८२, बिहीबार