पत्रकार पार्टीगत हुनुभएन : पत्रकार सरोज वली


जाजरकोट । नेपाल पत्रकार महासंघ जाजरकोट शाखाद्वारा आयोजित नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा पत्रकार सरोज वलीले पत्रकारिता पेशा निष्पक्ष र उत्तरदायी हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल पत्रकार महासंघ जाजरकोट शाखाका कोषाध्यक्ष एवं कान्तिपुर टेलिभिजन संवादाता सरोज वलीले जनताको विषयमा पत्रकारहरु एक भएर जानुपर्ने बताएका थिए । उनले भने, ‘महासंघ भित्र दुई मत हुनु भएन जनताको समस्या भनेको सवैभन्दा ठुलो समस्या हो, हामी आम नागरिकको पक्षमा बोल्नुपर्छ, पत्रकार पार्टी हुनुभएन् ।’

उनले पत्रकारहरूले कुनै पनि राजनीतिक दल वा विचारधाराप्रति पक्षपात नगरी सत्य, तथ्य र जनपक्षीय सूचना प्रवाह गर्नुपर्ने बताए । “पत्रकार पार्टीगत होइन, सधैं जनताको पक्षमा उभिनुपर्ने हुन्छ,” वलीले भने, “पत्रकारिता विश्वासको पेशा हो, यो सन्तुलन र जिम्मेवारीसाथ अभ्यास गर्नुपर्छ ।”

उनले वर्तमान परिवेशमा पत्रकारिता क्षेत्रमै पार्टीगत झुकाव देखिन थालेकोप्रति चिन्ता व्यक्त गर्दै त्यसले जनताको भरोसामा असर पार्न सक्ने खतरा रहेको उनले बताए ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि स्वतन्त्र प्रेस, प्रेस स्वतन्त्रताको संरक्षण, र जिम्मेवार पत्रकारिताको आवश्यकतामा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया