बुरुङ्गेका घरघरमा खानेपानीका धारा, स्थानीयमा छायो खुशीयाली

वडाध्यक्ष चन्द भन्छन्, ‘बर्षाै देखिको हाम्रो सपना पुरा भयो’

 

स्थानीय भद्रे खत्री

जाजरकोट । भेरी नगरपालिका — ०८ बुरुङ्गेका भद्रे खत्री उमेरले सात दशक लागे । शुक्रबार घरको छेउमा बसेर आँगनमै रहेको धारा हेरिरहेका थिए । धारामा ठूलो पानी आएको देखेर खत्रीको मुहारमा खुशीको सीमा थिएन् ।

‘गाउँमा खानेपानीको निकै समस्या थियो, उनले भने, ‘हामी पहिले पोखरी, रअखोला,धुयामुल बाट ल्याएर खान्थ्यौं, अहिले घरमा धारा आएको छ, हामी निकै खुशी भएका छौं ।’ ‘मैले यसरी घरको छेउमै पानीको धारा आउला भन्ने सोचकै थिईन्, पानीका लागि हामीले धेरै समस्या भोग्यौं, उनले थपे, ‘अव बर्षौ देखिका दुःख हटे ।’

स्थानीय नानकला खत्री

सोही टोलकी नानकली खत्रीको मुहारमा पनि उस्तै खुशी छ । बर्षाै देखि पानीको समस्या झेल्दै आएको स्मरण गर्दै, उनले भनिन्, ‘कहिले रअखोला पुग्यौं, पानीको ट्याङ्कीमा लाइन बस्यौं, घण्टौं विताएर एक गाग्री खानेपानी ल्याउने गथ्र्याैं ।’ अहिले घरको छेउमै पानी आउँदा निकै खुशी भएको उनको भनाई छ । उनले थपिन्, ‘अहिले त हामी निकै खुशी भएका छौं, मैले त सोचिकै थिईन् यसरी घरको डिलैमा पानी आउँला भनेर ।’

अर्की स्थानीय मिना कार्की खत्री भन्छिन्, ‘खानेपानीको लाइन बनाउन धेरैपटक गए, पानी नियमित नआउने, निकै दुःख पाएका थियौं, तर अहिले खानेपानीको निकै सहज भएको छ,२४ सैं घण्टा धारामा पानी आउँछ ।’ खानेपानीका धारा घरघरमा भएपछि सरसफाई, तरकारी लगाउन समेत सहज भएको मिनाले बताईन् ।

बुरुङ्गे खानेपानी तथा सरसफाई आयोजना अध्यक्ष भक्तबहादुर शाही

उनीहरु त केही उदाहरण मात्रै हुन् । बुरुङ्गेका दुई सय नागरिकको घरमा खानेपानीको धारा पुगेको छ । लामो समयदेखि खानेपानीको समस्या झेलिरहेका स्थानीय बासिन्दाले अब सहज रूपमा पानी पिउन पाउने भएका छन् । भेरी नगरपालिकाको समन्वय र गोर्खा वेल्फेर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा गाउँका हरेक घरमा धारा जडान गरिएको छ । उपभोक्ताले १ लाख ७५ हजार मर्मत संभार खर्च उठाएका थिए । बुरुङ्गे खानेपानी तथा सरसफाई आयोजनाको अगुवाईमा निर्माण गरिएको योजनामा एक करोड ३५ लाख लागतमा निर्माण गरिएको गोर्खा वेल्फेर टष्ट्रका प्रतिनिधीहरुले बताए ।

वडाध्यक्ष वीरबहादुर चन्द वडाध्यक्ष

परियोजना हस्तान्तरण कार्यक्रमलाई वडाध्यक्ष वीरबहादुर चन्दले एउटा एतिहासिक र बुहत खुशीको दिन भएको बताए । वस्तीमा पानी पु¥याउने बर्षाै देखिको आफ्नो सपना पुरा भएको उनको भनाई छ । उनले भने, ‘हामीले बर्षौ देखि वस्तीमा खानेपानी पु¥याउने सपना देखेका थियौं, त्यो आज पुरा भएको छ, हामी अत्यन्तै हर्षित भएका छौं ।’ आर्थिक तथा प्राविधिक सहयोग गर्ने गोर्खा वेल्फेर ट्रष्ट, समन्वय गर्ने भेरी नगरपालिकालाई वडाध्यक्ष चन्दले धन्यवाद व्यक्त गरे । यस परियोजनालाई दिगो बनाउन स्थानीयहरुलाई आग्रह समेत गरे ।

भेरी नगरपालिका प्रमुख सीता जैसीले नागरिकमा आएको खुशीले जनताको लागि काम गरेको अनुभुति भएको बताईन् । उनले भनिन्, ‘अहिले हामीलाई जनताको काम गरेजस्तो लागिरहेको छ, तपाईहरुको घरघरमा खानेपानी पुगेको छ, यस्तै काम गर्न चाहान्छौं ।’

यस योजनाको औपचारिक हस्तान्तरण समारोहमा स्थानीय जनप्रतिनिधिहरू, उपभोक्ता समितिका सदस्यहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

स्थानीय बासिन्दा सुरिता चन्दले भनिन्, “पहिले टाढाबाट पानी बोकेर ल्याउनु पथ्र्यो, अहिले घरमै धारा जोडिएपछि ठूलो राहत मिलेको छ।“

गोर्खा वेल्फेर ट्रष्टका प्राविधिकहरुका अनुसार, ‘उच्च गुणस्तरको पाइपलाइन प्रयोग गरी दीर्घकालीन समाधानका लागि काम गरिएको छ ।’ अब स्थानीयलाई स्वच्छ र भरपर्दो पानी उपलब्ध हुनेछ ।

खानेपानीको सुविधा पुगेपछि बस्तीमा स्वास्थ्य र सरसफाइ सुधार हुने, महिलाहरूको श्रम घट्ने तथा बालबालिकाको अध्ययनमा समय दिन सहज हुने अपेक्षा गरिएको छ । गाउँमा खानेपानीको समस्या समाधानका लागि रातदिन खटिएर काम गरेको उपभोक्ता समितिका अध्यक्ष भक्तबहादुर शाहीले बताए । उनले भने, ‘मेरो श्रीमतीको निधन भयो, एकदिन विदा नलिई काम ग¥र्याै, आज हामी निकै खुशी भएका छौं ।’

यस्तै, गोर्खा वेल्फेर ट्रष्टले स्थानीय जनविकास आधारभुत विद्यालयमा खानेपानीको धारा र शौचालय निर्माण गरिदिएको छ । अपांगता भएका विद्यार्थीहरुलाई समेत लक्षित गरी बालबालिका मैत्री धारा र शौचालय निर्माण गरिएको छ ।

भिडियाे हेर्नुहाेस्

 

बुरुङ्गेका घरघरमा खानेपानीका धारा, स्थानीयमा छायो खुशीयाली, drinking water taps, locals happy #news

तपाईको प्रतिक्रिया