यस्तो बन्यो भेरी ज्ञानोदय बहुमुखी क्याम्पसमा स्ववियुको नयाँ टीम


खलंगा । मध्यपश्चिम विश्वविद्यालयको आंगिक भेरी ज्ञानोदय बहुमुखी क्याम्पसमा नयाँ स्ववियुको टीम निर्वाचित भएको छ । बुधबार क्याम्पसमा दर्ता भएका विद्यार्थी संगठनहरुको सहमतिमा नयाँ टीम सर्वसम्मत निर्वाचित भएको हो ।

जस अन्तर्गत स्ववियू सभापतिमा नेविसंघका प्रनिल चन्द, उप सभापतिमा अखिल क्रान्तिकारीका अजय शर्मा, सचिवमा अनेरास्ववियूका पुष्पराज वली, सह सचिवमा प्रजातान्त्रिक विद्यार्थी संगठनका मिनकृष्ण शाह सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत लोकबहादुर शाहीले जानकारी दिए ।

13人、笑っている人の画像のようです

यस्तै, कोषाध्यक्षमा अनेरास्ववियुका राजेन्द्र खत्री, सदस्यहरुमा अखिल समाजवादीका नवीन शाही र अनेरास्ववियुकी प्रतिमा खत्री निर्वाचित भएको अधिकृत शाहीले हाम्रो पहुँचलाई जानकारी दिए ।

क्याम्पसमा छ वटा विद्यार्थी संगठन दर्ता भएका  थिए। कार्यतालिका अनुसार यही चैत्र १८ गते निर्वाचन हुने थियो । २८६ मतदाता रहेको भेरी ज्ञानोदय क्याम्पसमा सर्वसम्मत नयाँ स्ववियु टीम आएको छ ।

तपाईको प्रतिक्रिया