खलंगा । जिल्लाको छेडागाड नगरपालिका—०५ को थलह बजारमा अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटको आयोजनामा संयूक्त बजार अनुगमन गरिएको हो ।
बजारमा दररेट फेरबदल, म्याद नाघेका समानको विक्री वितरण, मुल्यमा एकरुपता नभएको भन्ने सर्वसाधरणको गुनासो आएपछि संयूक्त बजार अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटमा प्रमुख थिर कुमार न्यौपानेले जानकारी दिए ।
अधिकांश पसलहरु पहिलेको भन्दा सुधार भएको न्यौपानेले बताए । कतिपय पसलहरु बाट म्याद गुज्रेका खाद्य सामग्री बरामद गरी नष्ट गरिएको छ । २२ हजार भन्दा बढी मुल्य बराबरका खाद्य सामग्री बरामद गरिएको छ । दर्ता नभएका उद्योग तथा पसलहरुलाई दर्ता गर्न सल्लाह दिईएको छ ।
हाम्रो पहुँच संवाददाता । २७ फाल्गुन २०८१, मंगलवार