जाजरकोट । छेडागाड नगरपालिकाको मनघाट देखि सुयाडा सम्म विद्युतीकरणका लागि नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जाजरकोटले टेण्डर आह्वान ग¥र्याे । श्री मालिका बस्नेत निर्माण सेवाले ठेक्का हात पा¥र्याे । १७ लाख ८४ हजार ८९ रुपैयाँको लागतमा विद्युतीकरण गर्ने गरी ९ वैशाख २०७६ मा वितरण केन्द्र र ठेकेदार कम्पनी वीच सम्झौता भयो । छ महिना अर्थात २० असोज २०७६ भित्रै काम सम्पन्न गर्ने अन्तिम मिति थियो ।
तर ठेकेदार कम्पनीको ढिलासुस्ती र लाप्रवाहीका कारण सम्झौता मिति सकिएको पाँच बर्ष वित्दापनि विद्युतीकरण हुन सकेको छैन् । ४८ प्रतिशत काम सम्पन्न गरेको देखिन्छ । गाउँगाउँमा विद्युत पुर्याउने योजना अहिले अलपत्र छ । ४ सय ९ पोल र ५४ क्वाइल तार सडकका छेउछाउमा फालिएको छ । एकपटक म्याद थप समेत गरिएको छ ।
सोही कम्पनीले छेडागाड नगरपालिकाको वडावन देखि जुनीचाँदे गाउँपालिका सम्म अर्काे ठेक्का पायो । १८ लाख ७३ हजार ४७२ रुपैयाँ लागतमा विद्युतीकरण सम्पन्न गर्ने गरी सम्झौता पनि भयो । २० असोज २०७६ मा सम्पन्न गर्ने अन्तिम मिति भएपनि जम्मा ३६ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । पश्चिम जाजरकोटमा विद्युतीकरण गर्ने योजना अलपत्र परेको छ । ४ सय ९ वटा पोल र ५४ क्वाइल तार सडक सडकमा छताछुल्ल पारिएको छ । उक्त योजनाको पनि एक पटक म्याद थपिएको छ ।
कुशे गाउँपालिकाको पाँचकाटिया देखि खुर्पा, समकोट सम्म विद्युतीकरणको जिम्मा शाही वावा एण्ड तारा कन्ट्रन्सनले लिएको छ । २० असोज २०७६ मा निर्माण सम्पन्न गर्ने गरी ९ वैशाख २०७६ मा सम्झौता भएको थियो । १९ लाख ५६ हजार ३५० रुपैयाँ कुल लागतमा निर्माण गरिने विद्युत विस्तारको गति सुस्त छ । सम्झौता मिति सकिएको पाँच बर्ष वित्दा पनि २९ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । ४२७ पोल र ५४ क्वाइल तार अलपत्र परेका छन् । यो मात्रै होइन सोही कम्पनीले लिएका यस्तै तीन वटा विद्युत विस्तारका योजनाहरु अलपत्र परेका छन् । शाही वावा एण्ड तारा कन्ट्रन्सनले लिएको पाँचकाटिया देखि कैना, कालिमाटी सम्मको विद्युत विस्तारको योजना पनि अलपत्र परेको छ । १८ लाख ९ हजार १३० रुपैयाँ कुल लागतमा निर्माण गरिने योजनाको ५२ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
सोही कम्पनीले नलगाड नगरपालिकाको कालिमाटी देखि बारेकोट गाउँपालिका सम्म विद्युत विस्तारको जिम्मा लिएको छ । कुल २५ लाख १९ हजार ९ सय रुपैयाँ लागतमा विस्तार हुने विद्युतीकरणको ४३ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । ४७० वटा पोल र ६० क्वाइल तार कतै विस्तार गरिएको छ भने कति पहिरोमा पुरिएका छन् । अर्काे ठेक्का पनि शाही वावाले नै पायो । बारेकोट गाउँपालिका भित्र विद्युतीकरण गर्ने गरी ३ चैत्र २०७६ मा १० लाख १४ हजार ८५४ रुपैयाँ लागतमा सम्झौता भयो । २३ माघ २०७७ मा सम्पन्न गर्ने गरी सम्झौता भएपनि हाल सम्म शुन्य प्रतिशत पनि काम हुन सकेको छैन् । २०२ पोल र ३२.९ क्वाइल तार बाटोबाटोमा फालिएको छ ।
सम्झौता मिति सकिएको पाँच बर्ष वित्यो
विद्युत विस्तारका लागि निर्माण कम्पनी र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जाजरकोट वीच सम्झौता भई काम सम्पन्न गर्ने मिति सकिएको पाँच बर्ष वितेको छ । तर पनि विद्युत विस्तारको कामले गति लिन सकेको छैन् । जिल्ला स्तरीय अर्धबार्षिक समीक्षामा विद्युत विस्तारको कुरा उठेको थियो ।
विद्युत विस्तारको काम यत्रो समय सम्म किन नभएको भन्दै विभिन्न राजनीतिक दलहरुले आवाज उठाएका थिए । नेपाली काँग्रेस जाजरकोटका कार्यवाहक सभापति खड्क विसीले काम नगर्ने ठेकेदार कम्पनीलाई कारवाही गरी कालोसूचीमा राख्न माग गरेका थिए । नेकपा माओवादी केन्द्र जाजरकोटका नेता अमर सिंह राठौरले विद्युत विस्तारको काममा किन लाप्रवाही भन्दै आक्रोश पोखेका थिए ।
‘विद्युत विस्तारका किन लाप्रवाही भईरहेको यत्रो मिति जाँदा पनि कार्यालयले के हेरेर बसेको छ, उनले भने, यसमा कार्यालयको पनि लाप्रवाही देखिन्छ, काम नगर्ने ठेकेदार कम्पनीलाई कार्वाही खोई ?’ २० असोज २०७६ मै काम सक्ने अन्तिम मिति भएपनि अहिले सम्म ५० प्रतिशत पनि काम हुन नसक्नु निकै दुःखद कुरा भएको सरोकारवालाहरुले बताएका थिए ।
५० प्रतिशत भन्दा बढी भुक्तानी
विद्युतीकरणको जिम्मा लिएका ठेकेदार कम्पनीहरुले ५० प्रतिशत भन्दा बढी रकम भुक्तानी लिईसकेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जाजरकोटले जनाएको छ । वितरण केन्द्रका प्रमुख ईन्जिनियर शंकर सिंह ठकुरीका अनुसार विभिन्न समयमा गरी ५० प्रतिशत भन्दा बढी रकम लिईसकेको देखिन्छ । उनले भने, ‘समान खरिद देखि कामदारको ज्याला समेत गरी रकम लिईसक्नुभएको छ, उहाँहरुले विद्युत विस्तारको काममा लाप्रवाही गरिरहनुभएको छ ।’
वारम्वार ताकेता गर्दा पनि त्यसभन्दा अघिका कार्यालय प्रमुखहरुले एउटै कम्पनीलाई निर्माणको जिम्मा दिदाँ समेत काममा ढिलाई भएको बताए । आफु जिल्लामा आएको एक महिना मात्रै भएको र जिल्लाको सबै गतिविधी बुझेर विद्युत नियमावली अनुसार काम नगर्ने ठेकेदार कम्पनीहरुलाई कार्वाही गर्ने दावी गरे ।
निर्माण सामग्री समयमै नआउँदा समस्या भयो
कार्यालयले निर्माणका सामग्री समयमै नल्याउँदा विद्युत विस्तारमा समस्या भएको निर्माण कम्पनीहरुले जनाएका छन् । श्री मालिका बस्नेत निर्माण सेवा कम्पनीका प्रोप्राइटर शान्तबहादुर बस्नेतले विद्युत विस्तारका सामग्रीहरु समयमै नल्याउँदा समस्या भएको बताए । ‘कार्यालयले पनि प्रदेश लगायत अन्य कार्यालयहरु सँग निर्माण सामग्री मागिरहेको छ, उनले भने, ‘मागेका सामग्रीहरु समयमै नपाउँदा विस्तारमा ढिलाई भएको हो, कोरोनाका कारण काममा थप समस्या भएको थियो ।’
अव विद्युत विस्तारको काम २÷३ महिनामा सकिने उनले दावी गरे । शाही वावा एण्ड तारा कन्ट्रक्नसका प्रोपाईटर तेजविक्रम शाहले पटक पटक सामग्री मागिरहेका छौं, तर कार्यालयले उपलब्ध गराउन नसकेको दावी गरे । उनले भने, ‘समयमै विद्युत विस्तारका सामग्री नआएकोले समस्या भएको हो, भूकम्प, कोरोना जस्ता महामारीका कारण काममा ढिलाई भएको हो ।’ चैत्र भित्रै विस्तारको काम सकिने शाहले दावी गरे ।
ठेकेदार कम्पनीले कार्यालयलाई टेरेनन्
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जाजरकोटका प्रमुख ईन्जिनियर शंकर सिंह ठकुरीले विद्युतीकरणको काम सक्न पटकपटक आग्रह गरेपनि ठेकेदार कम्पनीहरुले वेवास्ता गर्दा विद्युतीकरण अघि बढ्न नसकेको बताए । उनले भने, ‘उहाँहरुलाई हामीले पटकपटक आग्रह गरेका छौं, वेवास्ता गर्नुभएको छ, भएको सामग्री कार्यालयले दिईसकेको छ, पोल, तार धेरै गईसकेको छ, उहाँहरुले समान अभावले काम भएन भन्नुहुन्छ ?’
कार्यालयको तर्फबाट तीन महिनाका लागि म्याद थप गर्न सकिन्छ बाँकी प्रदेशले थप गर्ने हो, उनले थपे, ‘२ पटक सम्म म्याद थप गरिएको छ, तर काम भने गर्न सक्नुभएको छैन् ।’ अब कार्वाहीका लागि सिफारिस गर्नुको विकल्प नरहेको प्रमुख ठकुरीले बताए ।
३० प्रतिशत मात्रै विद्युतीकरण
जिल्लामा ३० प्रतिशत पनि विद्युतीकरण हुन सकेको छैन् । जाजरकोटमा सात वटा स्थानीय तह छन् । तिमध्ये भेरी, शिवालय, छेडागाड, नलगाड र कुशेका केही वडामा केन्द्रीय विद्युतीकरण पुगेपनि जुनीचाँदे र बारेकोट गाउँपालिकामा विद्युत विस्तारको काम नै हुन सकेको छैन् । निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीको लाप्रवाहीका कारण विद्युत विस्तार हुन नसकेको हो ।
पश्चिम जाजरकोटमा विद्युत विस्तार गर्ने जिम्मा श्री मालिका बस्नेत निर्माण सेवाले लिएको छ भने पूर्वतिर शाही वावा एण्ड तारा कन्ट्रकन्सनले लिएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जाजरकोटले ताकेता गर्न नसक्दा विद्युत विस्तार गर्न निकै ढिला भएको देखिन्छ । कार्यालय प्रमुख शंकर सिंह ठकुरीले बजेटको मात्रा घट्दै आएको, बजेट अभावमा विद्युतीकरणमा समस्या भएको बताए ।
ग्रामीण विद्युत विस्तार अन्तर्गत पहिला पहिला धेरै बजेट आउँथ्यो, अहिले त्यसको मात्रा घट्दै आएको छ, बजेट अभावले विद्युतीरकरणका लागि थप समस्या भएको छ, उनले भने, ‘बजेटको मात्रा बढाउने र ठेकेदार कम्पनीले समयमै काम गरिदिने हो भने, केही बर्षमै विद्युत विस्तारमा टेवा पुग्नेछ ।’ सडकमा गाडिएका धेरै पोलहरु समेत सडक विस्तारको वेला फालिएको देखिन्छ ।
कालीबहादुर नेपाली । १० फाल्गुन २०८१, शनिबार