
जाजरकोट । भेरी नगरपालिका ‒१३ को वडा कार्यालय पाँच दिनदेखि बन्द छ । वडाध्यक्ष र सचिववीच विवाद हुदाँ वडा बाट प्रवाह हुने सेवा ठप्प छन् । शुक्रबार विहान १० बजे नै पिछडिएको सिफारिस लिन कुदुका अर्जुन गिरी वडा कार्यालयमा पुगे । दिउँसो १ बजे सिफारिस लिई काठमाण्डौं जाने भनेर बस कुरेर बसेका उनी वडा कार्यालयमा कर्मचारी नआउँदा १२ बजे सम्म उनको सिफारिसको काम भएन ।
पछि भेरी नगरपालिकाको कार्यालय बाट उनको सिफारिस आयो त्यसमा वडाध्यक्ष यज्ञ बटालाले हस्ताक्षर र छाप हानेर उनलाई पिछडिएको सिफारिस दिए । अर्जुनले भने, ‘म १२ बजे सम्म वडा कार्यालयमा कुरे, वडा कार्यालय खुलेन्, सिफारिसका लागि एक जना दाईले नगरपालिकामा फोन गरिदिनुभयो, त्यसपछि मेरो काम भयो ।’
छोरीको पिछडिएको सिफारिसकै लागि वडा कार्यालयमा पर्खिरहेकी अर्की सेवाग्राही अस्मिता विक तीन घण्टाभन्दा बढी वडा कार्यालयमा पर्खिन । वडा कार्यालयमा वडा सचिव नआउँदा उनको काम भएन् । वडाको मुल गेटमा ठूला ताला लागेको छ । कर्मचारी आउँदैनन् ।
सेवाग्राही सेवाबाट वञ्चित छन् । अस्मिताले भनिन्, ‘म १० बजे नै छोरीको पिछडिएको सिफारिस लिन आएकी थिए, वडामा कोही कर्मचारी छैनन्, कतिवेला आउने हुन्, कुनै जानकारी छैन । मेरो काम भएकै छैन् ।’
सेवा लिन आउने यिनीहरु त केही उदाहरण पात्र मात्रै हुन् । वडा नं. १३ का वडावासीहरु अहिले सेवा पाउन बाट बञ्चित छन् । सेवा कहिले बाट नियमित हुन्छ भन्ने अत्तोपत्तो छैन् । ६ फागुन २०८१ मा वडा समितिको बैठक बसेको थियो । वडाध्यक्ष यज्ञ बटाला र वडा सचिव अन्जना हमाल वीच वादविवाद भएको थियो । वडाध्यक्षले बैठकमा सचिवलाई हातपात गरेको आरोप लाग्यो । सचिवले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिईन् ।
प्रहरी कार्यालयले दुवै पक्षलाई बोलाई छलफल गरी सहमति गराएको थियो । दुवै पक्षले मिलेर नियमित कामकाज गर्ने गरी सहमति भयो । नगर उपप्रमुख सीता जैसीले पनि दुवै पक्षलाई बोलाइ छलफल गरेकी थिईन् । नियमित सेवा प्रवाह गर्ने सहमति भएपनि वडा सचिव अन्जना हमाल वडा कार्यालयमा नआउँदा सेवा प्रवाहमा निकै समस्या भएको छ । वडा नं. १३ का वडाध्यक्ष यज्ञ बटालाले आफु माथि नगरले राजनीतिक पूर्वाग्रह राखेको आरोप लगाएका छन् । उनले भने, ‘वडा सचिव सँग पहिले पनि विवाद भईरहेको थियो, यिनको ठाउँमा अरुलाई पठाईदिन माग गर्दा पनि सुनुवाई भएको छैन् ।’
‘वडा सचिवले सेवा प्रवाहमा ध्यान नदिएको, धेरै पटक जिल्ला बाहिर गईरहने सेवाग्राही सन्तुष्टी नभएपछि मैले अर्का कर्मचारी प्रमुख प्रशासकीय अधिकृत सँग पटकपटक माग गरिरहेको छु, उनले थपे, ‘उहाँहरुले खै किन पठाउनुभएको छैन्, अहिले मलाई वेस्सरी लखेटिरहनुभएको छ ।’
कर्मचारीको विषयमा पटक पटक नगर कार्यपालिका बैठकमा कुरा उठाएपनि राजनीतिक पूर्वाग्रह राखेर कुनै सुनुवाई नभएको वडाध्यक्ष बटालाको आरोप छ । वडाध्यक्ष र सचिव वीचको विवादले सेवाग्राही समस्यामा परेपनि नगरपालिकाले सेवाप्रवाहका विषयमा कुनै पहल थालेको छैन् । वडा सचिव हमाललाई हामीले पटकपटक फोन गर्दा उनको फोन उठेको छैन् । कर्मचारी र वडाध्यक्षको विवादले सेवाग्राहीले सेवा नपाउनु निकै दुःखद कुरा हो । राजनीतिक दलका आ आफनै अडानले सेवाप्रवाहमा समस्या परिरहेको कतिपयको बुझाई छ ।
https://www.youtube.com/watch?v=3y-Q5lgWVEw&t=369s
वडा कार्यालय मार्फत प्रदान गरिने सेवा सम्बन्धी विवरण:
१.नाता प्रमाणित
१.नाता प्रमाणित
२.नागरिकताको सिफारिस र नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिस
३.वहाल कर लेखाजोखा सिफारिस
४.कोठा खोल्न रोहवर वस्ने
५.मोही लगत कट्टा सिफारिस
६.घर जग्गा करको लेखाजोखा सिफारिस
७.जन्म मिति प्रमाणित
८.व्यापार व्यवसाय बन्द भएको वा सञ्चालन नभएको वा व्यापार व्यवसाय हुँदै नभएको
३.वहाल कर लेखाजोखा सिफारिस
४.कोठा खोल्न रोहवर वस्ने
५.मोही लगत कट्टा सिफारिस
६.घर जग्गा करको लेखाजोखा सिफारिस
७.जन्म मिति प्रमाणित
८.व्यापार व्यवसाय बन्द भएको वा सञ्चालन नभएको वा व्यापार व्यवसाय हुँदै नभएको
९. मिलापत्र कागज गराउने निवेदन दर्ता सिफारिस
१०. विवाह प्रमाणित, अविवाहित प्रमाणित
११. नि: शुल्क वा सशुल्क स्वास्थ्य उपचार सिफारिस
१२. आफ्नो अधिकार क्षेत्रको विषयमा अग्रेजी भाषामा सिफारिस तथा प्रमाणित १३. घर पाताल प्रमाणित
१४. व्यक्तिगत विवरण प्रमाणित
१५. पूर्जामा घर कायम गर्ने सिफारिस
१६. फरक फरक नामथर, जन्म मिति सिफारिस र प्रमाणित / दुवै नाम गरेका व्यक्ति एकै हो १७. नाम, थर, जन्ममिति संसोधन सिफारिस
१८. जग्गा धनीपुर्जा हराएको सिफारिस
१९. कागज र मन्जुरीनामा प्रमाणित
२०. कित्ताकाट सिफारिस
२१. संरक्षक प्रमाणित तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस
२२. जिवितसँगको नाता प्रमाणित
२३. हकवाला र हकदार प्रमाणित
२४. नामसारी सिफारिस
२५. जग्गाको हक सम्बन्धी सिफारिस ( सार्वजनिक, ऐलानी तथा पर्ति जग्गा वाहेक)
२६. मृतकसँगको नाता प्रमाणित, सर्जमिन सिफारिस
२७. उद्योग ठाउँसारी सिफारिस
२८. जिवित रहेको सिफारिस
२९. पूर्व प्राथमिक विद्यालय खोल्ने सिफारिस
३०. जग्गा मूल्याङ्कन सिफारिस प्रमाणित
३१. विद्यालयको कक्षा वृद्धि सिफारिस
३२. पालन पोषण सिफारिस
३३. वैवाहिक अंगिकृत नागरिकता सिफारिस
३४. आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित / आर्थिक अवस्था बलियो वा सम्पन्नता
१०. विवाह प्रमाणित, अविवाहित प्रमाणित
११. नि: शुल्क वा सशुल्क स्वास्थ्य उपचार सिफारिस
१२. आफ्नो अधिकार क्षेत्रको विषयमा अग्रेजी भाषामा सिफारिस तथा प्रमाणित १३. घर पाताल प्रमाणित
१४. व्यक्तिगत विवरण प्रमाणित
१५. पूर्जामा घर कायम गर्ने सिफारिस
१६. फरक फरक नामथर, जन्म मिति सिफारिस र प्रमाणित / दुवै नाम गरेका व्यक्ति एकै हो १७. नाम, थर, जन्ममिति संसोधन सिफारिस
१८. जग्गा धनीपुर्जा हराएको सिफारिस
१९. कागज र मन्जुरीनामा प्रमाणित
२०. कित्ताकाट सिफारिस
२१. संरक्षक प्रमाणित तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस
२२. जिवितसँगको नाता प्रमाणित
२३. हकवाला र हकदार प्रमाणित
२४. नामसारी सिफारिस
२५. जग्गाको हक सम्बन्धी सिफारिस ( सार्वजनिक, ऐलानी तथा पर्ति जग्गा वाहेक)
२६. मृतकसँगको नाता प्रमाणित, सर्जमिन सिफारिस
२७. उद्योग ठाउँसारी सिफारिस
२८. जिवित रहेको सिफारिस
२९. पूर्व प्राथमिक विद्यालय खोल्ने सिफारिस
३०. जग्गा मूल्याङ्कन सिफारिस प्रमाणित
३१. विद्यालयको कक्षा वृद्धि सिफारिस
३२. पालन पोषण सिफारिस
३३. वैवाहिक अंगिकृत नागरिकता सिफारिस
३४. आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित / आर्थिक अवस्था बलियो वा सम्पन्नता
३५. विद्यालय ठाउँसारी सिफारिस
३६. धारा तथा विद्युत जडान सिफारिस
३७. प्रचलित कानुन अनुसार प्रत्यायोजित अधिकार वमोजिमको अन्य सिफारिस वा प्रमाणित
३६. धारा तथा विद्युत जडान सिफारिस
३७. प्रचलित कानुन अनुसार प्रत्यायोजित अधिकार वमोजिमको अन्य सिफारिस वा प्रमाणित
३८. घर बाटो र चार किल्ला
माथि उल्लेखित सेवा पाउन बाट १३ नं वडा वासी वञ्चित बनेका छन् ।
















































हाम्रो पहुँच संवाददाता । १० फाल्गुन २०८१, शनिबार