बजेट अभावमा १३ कर्मचारी हटाउँदै स्वास्थ्य सेवा कार्यालय जाजरकाेट


जाजरकोट । स्वास्थ्य सेवा कार्यालय जाजरकोटले बजेट अभावमा १३ जना कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको छ । चालु आर्थिक बर्षमा करार तथा विशेषज्ञ सेवामा बजेट अपुग भएको भन्दै करारमा रहेका ६ जना स्वास्थ्यकर्मी र ७ जना कार्यालय सहयोगीको म्याद थप नगर्ने निर्णय गरेको हो ।
कार्यालयमा कार्यरत हेल्थ अस्सिटेन्ट राजेन्द्र जंग शाह, सुरज सोनाम, ल्याव टेक्निसियन हरिकला सिंह, अ.हे.व. विमला वि.सी.,अ.न.मी. सीता वली, रेडियोग्राफर रामबहादुर केसीको म्याद थप नहुने सूचना स्वास्थ्य सेवा कार्यालय प्रशासनले निकालेको छ ।
यस्तै, विष्णु रावत, धना शाही, राम कुमारी नेपाली, विमला राना वली, लक्ष्मी स्वर्णकार,शर्मलाल खत्री र सुरज शाही कार्यालय सहयोगीको पनि म्याद थप नहुने जनाईएको छ ।

May be an image of blueprint, ticket stub and text

पर्याप्त जनशक्ति अभावमा गुज्रिरहेको स्वास्थ्य सेवा कार्यालयमा भएका कर्मचारीको म्याद थप नहुनु निकै दुःखद कुरा भएको स्थानीय बताउँछन् । कर्मचारी बर्खास्तीको निर्णय फिर्ताको माग गर्दछु, स्थानीय छवि पन्त आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘स्वास्थ्य सेवा कार्यालय,जाजरकोटले एकै पटक १३ जनालाई बर्खास्तीको कारण के हो ? कर्मचारी बिना गुणस्तरीय स्वास्थ्य सेवा कसरी प्रबाह हुन्छ ? पारिश्रमिक व्यवस्थापन गर्न नसक्ने नेतृत्वको लाचारिपना कि वेवास्था ? अदुरदर्शी निर्णय तत्काल सच्याउन सम्बद्द निकायको ध्यानाकर्षण गराउदछु ।’

यता अस्पताल विकास समिति जाजरकोटका अध्यक्ष डम्बर सिंह ठकुरीले प्रदेश सरकार बाट प्रर्याप्त बजेट नआएका कारण कर्मचारी हटाउनुपर्ने बाध्यता आएको बताए । उनले भने, ‘बजेट नभएपछि कर्मचारी कसरी राख्ने, प्रदेश सकारले बजेट पठाएन्, बरु सबै मिलेर प्रदेश सरकारलाई भनेर बजेटको सुनिश्चित गर्नुप¥र्याे ।’ अस्पताल प्रशासनले सूचना निकालेर कर्मचारीको नाम ड्यूटी रोष्टरमा नराख्न समेत इन्चार्जहरुलाई निर्देशन दिईसकेको छ ।

तपाईको प्रतिक्रिया