छेडागाडमा टिप्पर पल्टिँदा एकजनाको मृत्यु, दुई जना घाइते

Tipper accident in Jajarkot: 1 killed, 2 injured
जाजरकोट । छेडागाड नगरपालिकामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भे १ क १०५५ नम्बरको टिप्पर एक्कासी ब्रेक फेल भई दुर्घटना हुँदा मध्यपहाडी राजमार्गमा काम गर्ने दाङ तुल्सीपुर उपमहानगरपालिका वडा न.३ बस्ने वर्ष ४२ का हरिप्रसाद भट्टराईको नगर अस्पताल थलहमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान ८ः३० बजेको समयमा छेडागाड न.पा. ११ सिम्लेखोलास्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो । छेडागाड नगरपालिका ११ फुन्मादेखि वडाबनतर्फ गिट्टी लिएर आउँदै गरेको टिप्पर पल्टिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाले त्यस्तै गम्भीर घाइते भएका टिप्पर चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका १ बस्ने वर्ष २५ को सन्तोष सुनारको थप उपचारका लागि नेपालगन्ज तर्फ रिफर गरिएको बताए ।

अर्का घाइते दैलेख नारायण नगरपालिका ८ बस्ने वर्ष १८ का सुजन रावलको छेडागाड नगरपालिका ५ सामुदायिक अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी तिमिल्सेनाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया