खलंगा । जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका खम्बबहादुर सिंह वडाध्यक्ष निर्वाचित भएका छन् ।
सिंहले ३४७ मत ल्याएर जितेका हुन् ।
उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी कैन्द्रका गोरखबहादुर नेपाली बने । नेपालीले ३३२ मत पाएका छन् ।
यो वडामा पहिले माओवादी केन्द्रले जितेको थियो ।
यो वडामा ०७९ को चुनावमा माओवादी केन्द्रले जितेको थियो । माओवादी केन्द्रका मनबहादुर घर्तीले ३८० मत ल्याएर वडाध्यक्ष जित्दा कांग्रेसका खम्ब बहादुर सिंहले ३१८ मत ल्याएका थिए भने एमालेका प्रसाद सिंहले १४८ मत ल्याएका थिए ।
हाम्रो पहुँच संवाददाता । १६ मंसिर २०८१, आईतवार