नमस्कार, म विशाल सी
भेरी नगरपालिका १२ मल्लगाउँ देखि आज म तपाईंहरूका लागि ‘ज्यूँदो विश्वकर्मा र काल्पनिक भगवान्’ शीर्षकको कविता लिएर आएको छु । जुन मैले आफैंले लेखेको हुँ । यो कविता वास्तविकता र काल्पनिकता बीचको गहिरो द्वन्द्वलाई चित्रण गर्दछ । हाम्रो समाजले कसरी ज्यूँदो व्यक्तिलाई भुल्छ तर काल्पनिक भगवानलाई पुज्छ भन्ने कुरालाई यसमा उजागर गरिएको छ ।
तपाईंहरूले दिएको समय र ध्यानका लागि म तपाईंहरूप्रति आभार व्यक्त गर्छु । आशा छ, यो कविताले तपाईंहरुलाइ सोच्न बाध्य पार्नेछ ।
अब म कविता सुरु गर्दैछु ।
‘ज्यूँदो विश्वकर्मा र काल्पनिक भगवान’
कहिलेसम्म पूज्छौ काल्पनिक आकृतिलाई?
जब ज्यूँदो विश्वकर्मा बाँचिरहेछ दःुखमा,
तिमी मान्छौ मूर्तिलाई भगवान्,
तर तिरस्कार गर्छौ मान्छे, त्यो कर्मको मालिकलाई ।
हातले गढेर संसार बनाउने,
ईंटा–पत्थर र इस्पातले शहर सजाउने,
त्यो ज्यूँदो विश्वकर्मा छेउमै छ तिमीलाई,
तर तिमी उही छुवाछूतको आगोमा जलाउँदै छौ ।
आज पूजा गर्छौ काल्पनिकलाई,
तर भोलि झुकाउँछौ टाउको, अपमान गर्छौ जीउँदालाई,
कस्तो धर्म ? कस्तो न्याय ?
जहाँ देवता पूजिन्छ, तर मानिसलाई हेला गरिन्छ ।
सजग बन, ए नेपाली समाज,
तिमीले देखेका मूर्ति होइनन् साँचो भगवान्,
ज्यूँदो विश्वकर्मा, त्यो हो असल शक्ति,
सम्मान गर तिनलाई, यही छ साँचो भक्ती ।
अब पनि ढिलै छैन, सोच बदल,
तिमीले बनाउने संसारको नैतिकता बदल,
जहाँ छुवाछूत छैन, जहाँ विभेद छैन,
त्यही दिन हुनेछ, विश्वकर्मा साँचो रूपमा पूजिने ।
सोच बदल, ए मान्छे,
कहिलेसम्म बाँधेर राख्छौ आँखा ?
कहिले सम्म कैदी बनाउँछौ सोचलाई ?
जब हातहरू छन् जोड्नका लागि,
तिमीले किन बनायौ पर्खाल मनको बिचमा ?
जन्म लिएर मान्छे बन्यौ,
तर किन मान्छे चिनेनौं ?
किन छान्यौ जात–धर्मको पर्खाल ?
जब सबैलाई एउटै आकाश छ, एउटै माटो छ ।
ज्यूँदो मान्छेछेउमा तिमी हेर्छौ टाढा,
काल्पनिक भगवानलाई मानेर गर्छौ पूजा,
तर किन आँखा चिम्ल्यौ वास्तविक पीडामा?
मानवता नै हो साँचो धर्म, साँचो सेवा
सोच बदल, ए मान्छे,
तिमीले देख्नुपर्छ मान्छेको मन,
जन्मलाई होइन, कर्मलाई मान,
सबै एउटै सास, एउटै जीवन हो, बुझ
कस्तो समाज बनायौ तिमीले ?
जहाँ मान्छे अपमानित हुन्छ, भगवान् पूजिन्छ,
तर त्यो भगवान् पनि रोइरहेछ,
जब तिमीले तिरस्कार ग¥यौ उसको सिर्जना
आँखा खोल, सबैलाई समानता देउ
तिमी पनि मान्छे हौ, अरू पनि मान्छे हुन्,
जात–धर्मको घेरा तोड,
समानताको बाटो रोज, यही हो साँचो मुक्ति ।
अब यो नाटक बन्द गर,
ज्यूँदो मान्छेलाई भगवान् बनाऊ,
सोच बदल, ए मान्छे,
तिम्रो मनले संसार बदलिनेछ ।
विशाल सी । १ आश्विन २०८१, मंगलवार