स्मृतिमा बुवा !

बुवाको मुख हेर्ने दिन, जसलाई “कुष्माण्ड नवमी” पनि भनिन्छ, नेपाली संस्कृति र हिन्दू धर्ममा विशेष महत्व राख्छ । यो दिन नेपाली पञ्चाङ्गअनुसार हरेक वर्ष श्रावण महिनाको नवमी तिथिमा मनाइन्छ । यस दिनलाई बुवाप्रतिको सम्मान, प्रेम, र आभार व्यक्त गर्ने विशेष दिनको रूपमा लिइन्छ । पुराणहरूमा उल्लेख गरिएको छ कि यस दिन पितृहरूको आशीर्वाद प्राप्त गर्नका लागि विशेष महत्व राख्छ । भगवान् रामले पनि आफ्ना पिता दशरथको निधनपछि यो परम्परा निर्वाह गरेका थिए भनी उल्लेख गरिएको छ । पितृको आशीर्वाद प्राप्त गर्नु जीवनमा सुख, शान्ति, र समृद्धिका लागि आवश्यक मानिन्छ ।

आज बुवाको मुख हेर्ने दिन साँस्कृतिक धार्मिक रूपमा यस्को आफ्नै महत्व छ । म सबै धर्म विचार र साँस्कृतिलाई म उच्च सम्मान गर्छु । तर पाखण्ड ,ढोङ्गी, मानवलाई विभेद गर्ने कुनैपनि धर्मलाई कदापि स्वीकार्न सक्दिन् किनभने यो मेरो बुवाले मलाई दिएको चेतना हो । आज म मेरो एक जना छोरीलाई हुर्काउन र बुबाको जिम्मेवारी वहन गर्न निकै संघर्ष गर्न परेको छ तर मेरो बुवा, मम्मिले हामी पाँचजना भाई बहिनीहरुलाई त्यो विकटता, गरिवी ,अभावमा कसरी हामीलाई यहाँ सम्म ल्याउनु भयो भनेर जीवन भरी सोचिरहन्छु । ३० औं बसन्त पार गरेर यहाँ सम्म आई पग्दा पनि मेरो परिचयमा अगाडि बुबाकै नाम जोडिएर आई रहन्छ र म सोच्छु जीवनमा बुवाको महत्व कति रहेछ भनेर ।

पाको फल चरीले खायो पियारी घुमै घुम्क्यो राजै
काँचो फल रूखै छ सुनको जलरी दर्शन दियो आजै ।
जहाँसम्म परानी रहन्छ पियारी घुमै घुम्क्यो राजै
त्यहाँसम्म दुःखै छ सुनको जलरी दर्शन दियो आजै ।

२०४७ सालमा जलरी भन्ने गीत रेडियो नेपालमा यो गीत बज्दा पुराना बुवाका समकक्षहरुले धेरै सुनेको गीत आज आफ्नै जीवनमा यो गीत बजिरहेको छ । मैले बारम्बार दाहो¥याएको विषयवस्तु बाआमा सबैका लागि अतिप्रिय अति आदर्श अति प्रेरणाका स्रोत हुन्छन् । तर मेरो लागि मेरो बुवा अभिभावक त हुनुहुन्थ्यो नै सँगसँगै मेरो एक असल अनन्य मित्र पनि हुनुहुन्थ्यो । जीवन जति जति अगाडि बढ्दै छ बुवा, मम्मिको अभाव झनझन् बढेको अनुभूती हुन्छ । जब चार्डपर्व र जीवनमा हर्ष अनि दुःखका दिनहरू आउँछन् तब वास्तवमा सम्हालिन निकै गाह्रो हुन्छ । हुन त म र हामी सबै भाईबहिनी दुःखसँग पैठेजोरि खेल्ने वानी परिसकेका छौ तर जीवनमा कहिले काहिँ अपवादमा आउने खुशीका पलमा त्यो सफलता बुवा मम्मिसँगै भएर रमाउन नपाउँदा दर्दनाक पीडा हुन्छ ।

भदौको महिनामा बुवाको मुख हेर्ने दिन अनि भदौको महिना नै बुवा भौतिक रूपमा हामीबाट टाढिएको महिना । संयोग प्रत्येक वर्ष भदौंको महिनाले मनस्पटलमा एउटा विचित्र भाव विहोल पैदा गर्ने गर्दछ । विगत लामो समयदेखि म काठमाडौँ मै अध्ययनको सिलसिलामा बसिरहेको छु । काठमाडौँका यी प्रत्येक सडकहरू चोकहरु प्रसिद्ध ठाउँहरू प्रत्येक प्रत्येक स्थानसँग बुवाको स्मृतिसँग जोडिएका छन् । काठमाडौँका प्रत्येक ठाउँहरूमा काठमाडौँमा घुम्न जाँदा विदाको बेला फुर्सदमा रमाउँदा बुवासँग हामी घुमिरहन्थ्यौ रमाइरहन्थ्यौं । स्मृतिको पानामा भएका कालजयी याद बाहेक हामीसँग केही पनि छैन् । र आज त्यसरी नै म पनि मेरो छोरीसँग उनका र मेरा यादहरू बनाइरहेको छु । जसले मलाई पनि उनका यादमा जीवित बनाईरहने छ ।

“मेरो बुबाले मलाई सबैभन्दा ठूलो उपहार दिनुभयो – उहाँले मलाई विश्वास गर्नुभयो ।”  जिम भल्भानो

जिम भल्भानो ले भने जस्तै मेरोबुवाको विश्वासले मलाई जीवनमा मानव सेवामा रहेर अनवरत रूपमा अगाडि बढ्न सधै प्रेरणा मिलिरह्यो । मेरो बुवा त्यो मानिस हुनुहुन्छ जो आफ्नो छोराछोरीलाई हिँड्न सिकाउँछन् र आफैं पछि हटेर हरेक कदममा उनीहरूको हौसला बढाउनुभयो । मेरो बुवाको माया नदेखिने तर धेरै गहिरो थियो यो मायाले न त गुनासो गर्छ न त कुनै अपेक्षा राख्छ, तर सधैं निरन्तर रहन्छ । धेरैजसो मानिसहरूले आफ्नो हिरोलाई पर्दामा खोज्छन्, तर मेरो हिरो मेरो बुवा हुनुहुन्छ ।

बुवाको हातमा संसारको सबैभन्दा बलियो शक्ति हुन्छ, जसले हामीलाई कहिल्यै झर्न दिँदैन् । जब म कमजोर महशुस गर्छु, म बुवाको मुस्कान सम्झन्छु जसले मलाई बलियो बनाउँछ । जीवनमा त्यो वस्तुको महत्व तब मात्र थाहा हुन्छ । त्यस सम्बन्धको महत्व तब मात्र थाहा हुन्छ । जब ती वस्तुहरू हामीले परिकल्पना बाहेक अरु केही गर्ने सामथ्र्य हामीसँग छैन ।

मैले मेरो जीवन भरि एउटा प्रश्नको सामाना गरिरहने छु र गरेको पनि छु । तिमीहरूले तिम्रो बुवालाई नर्कमा पठायौ ? आफ्नो धर्म, सँस्कृतिको अनुसरण गरेनौ ? घोर पाप गर्यौ ? काजकिरिया, जुठो बारेनौ ? यस्तै नाना थरिका अनेकौ प्रश्नहरूले खेदाईरहेका छन् । तर म ति सबै प्रश्नको जवाफ दिन आवश्यकता ठान्दिन र केवल मेरो प्रतिक्रिया हुनेछ म जीवनपछिको स्वर्ग र नर्कमा कदापी विश्वास गर्दिन र जीवन वाचुन्जेल मानब सेवामा रहिरहने छु । आज सामाजिक सञ्जालमा बुवाको तस्विरहरू राखेर हामीले उच्च सम्मान गरेको देख्न सक्छौ तर पृथ्वीमा भएका साक्षात्कार रूपमा देख्न सकिने भगवान बुवा, आमालाई हामीले हाम्रो जीवन कालमा कति जिम्मेवार भएर बुवा आमाप्रति सन्तानले पुरा गर्नुपर्ने भुमिका निर्वाह ग¥यौं । यो पक्कै पनि घोत्लिएर सोच्नु प्रने प्रश्न हो ।

अब हामीसँग बुवाका तस्वीर, भिडिओ र कालजयी याद मात्र छन् । जब म मेरा बुवाका सहपाठीहरूलाई देख्छु तब म उहाँहरूमा बुवाको स्वरूप देख्दै झल्को मेट्छु । कहिले काही बुवालाई सपनामा देख्न पाए हुन्थ्यो जस्तो छटपटि हुन्छ तर ति सपना देख्ने चाहाना पनि पुरा हुदैन् परिकल्पना गर्नुहोस् त विपनामा देख्न सम्भव छैन तर सपनामा पनि चाहेर देख्न सकिदैन् भने कति पीडा, छटपटी,जलन, तिर्सना हुन्छ होला । जीवन संघर्षले वास्तवमा सपनामा बुवालाई जति दखियो विपनामा पनि त्यतिनै छोटो समय मात्र सँगै बस्ने अबसर मिल्यो ।

खैर जे जति पाए ति सबै मेरा जीवनमा अनवरत रूपमा अन्नत यात्रामा अगाडी बढ्न हौसला दिईरहने उर्जा हुन । भौतिकरूपमा हामी वीच नभएपनि हाम्रा दिल, दिमाग ,यादमा कालजयी रूपमा अमर हुनुहुन्छ र मैले भन्नै पर्छ “बुवा म तपाईले देखाएको पदचापलाई कतिपनि विचलित नभईकन म जटिल भन्दा जटिल समयसँग जुध्दै अनवरत रूपमा संघर्षलाई स्विकारेर अगाडि बढिरहेको छु र तपाईले देखाएको गन्तब्यमा अबश्य पुग्ने छु र तपाईका अविचलित सपनालाई मुर्तरूप दिने प्राण गर्दछु । फेरि पनि अटुट माया, अटल विश्वास र कालजयी यादसहित आज मात्र होइन जीवनभरी सम्झिरहने छु वुवा ।

तपाईको प्रतिक्रिया