दश जिल्लाका १३ विद्यालयलाई नमुनाका रूपमा विकास गरिने

blog
सुर्खेत । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले १० जिल्लाका कम्तीमा पनि १३ विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्ने भएको छ ।

एक जिल्ला एक नमुना विद्यालय भौतिक पूर्वाधार निर्माण एवम् शिक्षण सिकाइ सुधार शिक्षकको पेसागत सहयोग कार्यक्रममार्फत उक्त विद्यालय छनोट गरिएको शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले जानकारी दिनुभयो ।

सार्वजनिक शिक्षा सुधारसम्बन्धी कार्यविधि २०८० अनुसार प्रस्ताव पेस गरेका विद्यालयमध्ये मन्त्रीस्तरीय निर्णयबाट १३ विद्यालय छनोटमा परेका निमित्त निर्देशक हमालले जानकारी दिनुभयो ।

सुर्खेत, दैलेख, डोल्पा, जुम्ला, कालीकोट र मुगुमा एक/एक विद्यालय छनोटमा परेका छन् भने जाजरकोट, सल्यान र रुकुमपश्चिममा दुई/दुई विद्यालय निर्माण गर्न छनोट गरिएको छ ।

तपाईको प्रतिक्रिया