भेरी र नलगाडमा १३४ अस्थायी आवास हस्तान्तरण

No description available.
जाजरकोट । जाजरकोटको नलगाड र भेरी नगरपालिकामा निर्माण गरिएका अस्थायी आवासहरु को संयुक्त अनुगमन तथा हस्तान्तरण गरिएको छ । नलगाड नगरपालिका वडा नं —१ कल्पतमा ६३ वटा र भेरी नगरपालिका —१ मैदेमा ४९ र कोल्चौरमा २२ वटा गरी जम्मा १ सय ३४ वटा अस्थायी आवास नगरपालिका र सम्वन्धित वडालाई हस्तान्तरण गरिएको छ ।

कारितास अष्ट्रेलिया, कारितास अष्ट्रिया,मीजेरीयस नेपाल, कारितास जर्मन र सीआरएस नेपाल सँगको आर्थिक सहयोगमा कारितास नेपाल र युवा जागरण विकास केन्द्र नेपाल यार्सन जाजरकोटको साझेदारीमा संचालित भूकम्प प्रभावितहरुका लागि तत्काल राहत तथा पुर्नलाभ कार्यक्रम अन्तरर्गत उक्त अस्थायी आवासहरु निर्माण निर्माण गरी हस्तान्तरण गरिएको हो ।

No description available.

जाजरकोटका प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्य, नलगाड नगरपालिका नगरप्रमुख डम्वर वहादुर रावत, प्रहरी नायव उपरीक्षक पुरुषोत्तम राज पाण्डे, शसस्त्र प्रहरी नायव उपरीक्षक विकास थापा, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख सन्तोष बस्नेत, जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा, नलगाड १ का वडाध्यक्ष धनबहादुर महर, भेरी नगरपालिका वडा नं १ का वडाध्यक्ष दीपक राना, सन्चारकर्मी सहितको टोलीले नलगाड १ कल्पत र भेरी नगरपालिका १ कोल्चौरमा संयुक्त अनुगमन गरी निर्माण गरिएका संरचना सम्वन्धित वडा र पालिकालाई हस्तान्तरण गरिएको हो ।

याे पनि पढ्नुहाेस्

आठविसकोटमा ६६ अस्थायी आवास हस्तान्तरण

उक्त आवासहरु नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर वहादुर रावत र भेरी नगरपालिका वडा नं १ का वडाध्यक्ष दीपक रानालाई प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यले हस्तान्तरण गरेका हुन् । अनुगमन तथा हस्तान्तरण कार्यक्रममा कारितास नेपालका प्रादेशिक व्यवस्थापक जनक शर्मा, सीआरएस नेपालका कार्यक्रम व्यवस्थापक अरुण शर्मा, यूवा जागरण विकास केन्द्र नेपाल (यार्सन ) जाजरकोटका अध्यक्ष अमरसिंह राठौर, जिल्ला कार्यक्रम संयोजक सहदेव बस्नेत,को सहभागिता रहेको थियो ।

अनुगमन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यले अस्थायी आवास नमुना योग्य भएको बताए । स्थानीय स्रोत साधनको प्रयोग गरेर निर्माण भएकाले वातावरण अनुकुलन समेत रहेको प्रजिअ आचार्यको भनाई छ । त्यस्तै, नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर वहादुर रावतले संस्थावाट निर्माण गरिएका घरहरु अस्थायी आवास भन्दा पनि स्थायी प्रकृतिकै रुपमा समेत उपयोग गर्न सकिने बताए । अस्थायी आवास निर्माण गरिदिएपछि भूकम्प पीडितमा खुशीयाली छाएको छ ।

तपाईको प्रतिक्रिया